• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा निःशुल्क पशु स्वास्थ्य शिविर




तुल बहादुर कवँर मगर

देउखुरी । दाङको राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा पाँच दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरिएको हो।

पालिकाको वडा नम्बर एकको मछीताल, पिपलटारी,खर्क ,दुईको बाउन्नेपाटा,पाँचको करङ्गेकोट,थकरीकोट,भुल्के र वडा नम्बर नौ को मसुरीडाँडा,रुपाकोट गरि नौ स्थानमा शिविर सम्पन्न भएको हो।
शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप,औषधि वितरण,भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनु भयो।

गत जेष्ठ ३० देखि असार ३ गते सम्म सञ्चालित उक्त शिविरमा कुल ३६७ कृषक परिवारका ९७४ गाईभैसी, ४७०७ भेडा बाख्रा, १०७ बंगुर,४२४९ कुखुराको उपचारका गरिनुका साथै ४४ वटा कुकुरमा रेबिज खोप,१०८ बोका तथा ४ वटा बहरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो।

शिवरमा पशुसेवा शाखा तथा पशु उपचार केन्द्रका प्राबिधकहरूले सेवा प्रदान गर्नु भएको थियो।पशुस्वास्थ्य सेवाको पहुँचबाट टाढा तथा विकट बस्तीमा रहेका कृषकहरूलाई घुम्ती शिविरको आयोजना गरेर पशुस्वास्थ्य सेवा उपलब्ध गराईएको र स्वस्थकर पशुजन्य पदार्थ उत्पादन तथा कृषकहरूको आम्दानीमा बृद्दि ल्याउन समेत यसले ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनु भयो।

Facebook Comments