• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा जमिन र खपतको आधारमा मल वितरण




घोराही । जिल्लामा स्वचालित कोटा प्रणालीको आधारमा मल वितरण गर्न थालिएको छ । जिल्लाका स्थानीय तहको कूल खेतीयोग्य जमिनको ६० प्रतिशत र विगतमा भएको मलको खपतलाई ४० प्रतिशत आधार मानी कोटा निर्धारण हुन थालेको छ ।

गत जेठ २९ गते स्वचालित कोटा प्रणाली लागु गर्ने निर्णय भएको थियो । त्यही निर्णयको आधारमा आइतबारदेखि कृषि सामग्री कम्पनी लिमिटेडले मल वितरण शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले स्वचालित कोटा प्रणाली लागु गर्ने निर्णय गरेको थियो । बैठकमा कृषि ज्ञान केन्द्रका पृथ्वी लामिछाने, कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका टोपाराम गौतम, तुलसीपुरका तीर्थराज न्यौपाने र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका रामबाबुप्रसाद गुप्ताको सहभागिता थियो ।

बैठकले कायम गरेको स्वचालित कोटा प्रणाली अनुसार अब कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा आउने अनुदानको मल तोकिएको कोटामा मात्रै पालिकामा पठाइनेछ ।

यसअघि दुबै कार्यालयले फरक–फरक कोटा निर्धारण गरी मल स्थानीय तहमा पठाउँदै आएका थिए । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले दाङमा स्वचालित कोटा प्रणाली अनुसार मल वितरण शुरु भएको जानकारी दिनुभयो ।।

Facebook Comments