• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फुट्यो लोकदोहोरी प्रतिष्ठान, बमबहादुर कार्कीको नेतृत्वमा नयाँ संस्था दर्ता




दाङ । अन्ततः नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठान औपचारिक रुपमै विभाजन भएको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ ।
कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ ।
उपाध्यक्ष खत्रीले संस्था दर्ता प्रक्रिया समाप्त भएको बताए । ‘दर्ता प्रक्रिया सिद्धियो । अब हामी लोकदोहोरीका सबै विधालाई समेटेर वृहत रुपमा अघि बढ्ने तयारीमा छौं,’ खत्रीले अनलाइनखबरसँग भने, ‘विदेश र काठमाडौं तथा ७७ जिल्लामै शाखा स्थापना हुनेछ । हामी यसका लागि विचार विमर्श गरिरहेका छौं ।’
यसअघि प्रतिष्ठानको पूर्वमहासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले आफू नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।
Facebook Comments