• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा साइबर सुरक्षा, नीति र कानुन विषयमा राष्ट्रिय सम्मेलन




घोराही । सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयमा राष्ट्रिय सम्मेलन दाङको घोराहीमा आज (शनिबार) देखि सुरु भएको छ । साइबर सुरक्षा विज्ञहरू, नीति निर्माताहरू, कानुन व्यवसायीहरू, शिक्षाविद्हरू, जनप्रतिनिधिहरू, प्रशासन र सुरक्षा निकाय र कम्प्युटर व्यवसायीहरू बीच सञ्चार क्षेत्रमा साइबर सुरक्षा नीति र कानुनका विषयहरूमा छलफल गरी निचोड निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

नेशनल कन्फरेन्स अन साइबर सेक्युरिटी, पोसिली एन्ड ल इन कम्युनिकेसन कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था महाद्ध ग्रुप, राप्ती इन्जिनियरिङ कलेज रिसर्च तथा इनोभेसन सेन्टर र सिलिकन रिसर्च एन्ड इनोभेसन सेन्टरले जानकारी दिएको छ ।

सम्मेलनमा विषय विज्ञहरूबाट चार वटा पेपर प्रस्तुति गरिने छन् र ती पेपरमा माथि प्यानल छलफलहरू, अन्तरक्रिया सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यो कार्यक्रम पछि साइबर सुरक्षा नीति र सञ्चारमा कानुनसँग सम्बन्धित प्रमुख क्षेत्रहरूको विस्तृत सिंहावलोकन प्रदान गर्न मद्दत हुनेछ ।

कार्यक्रममा नेपालमा साइवर सुरक्षाको इतिहास, वर्तमान अवस्था, नेपाल टेलिकमको ४जी सेवा र चुनौतीहरू साथै सञ्चारमा नीति र कानुनको आवश्यकता, साइबर सुरक्षाका चुनौतीहरू र समाधानका उपायहरू, साइबर अपराध, प्रकारहरू र सामाजिक प्रभाव, साबर सुरक्षा उपाय र रणनीतिहरूको महत्त्व, साइबर सुरक्षा र नीति विकासको लागि आवश्यक दृष्टिकोण तय, बढ्दो साइबर अपराधको न्यूनीकरणका उपायहरू लगायतका विषयमा छलफल हुने छ ।

 

Facebook Comments