घोराही । सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयमा राष्ट्रिय सम्मेलन दाङको घोराहीमा आज (शनिबार) देखि सुरु भएको छ । साइबर सुरक्षा विज्ञहरू, नीति निर्माताहरू, कानुन व्यवसायीहरू, शिक्षाविद्हरू, जनप्रतिनिधिहरू, प्रशासन र सुरक्षा निकाय र कम्प्युटर व्यवसायीहरू बीच सञ्चार क्षेत्रमा साइबर सुरक्षा नीति र कानुनका विषयहरूमा छलफल गरी निचोड निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
नेशनल कन्फरेन्स अन साइबर सेक्युरिटी, पोसिली एन्ड ल इन कम्युनिकेसन कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था महाद्ध ग्रुप, राप्ती इन्जिनियरिङ कलेज रिसर्च तथा इनोभेसन सेन्टर र सिलिकन रिसर्च एन्ड इनोभेसन सेन्टरले जानकारी दिएको छ ।
सम्मेलनमा विषय विज्ञहरूबाट चार वटा पेपर प्रस्तुति गरिने छन् र ती पेपरमा माथि प्यानल छलफलहरू, अन्तरक्रिया सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यो कार्यक्रम पछि साइबर सुरक्षा नीति र सञ्चारमा कानुनसँग सम्बन्धित प्रमुख क्षेत्रहरूको विस्तृत सिंहावलोकन प्रदान गर्न मद्दत हुनेछ ।
कार्यक्रममा नेपालमा साइवर सुरक्षाको इतिहास, वर्तमान अवस्था, नेपाल टेलिकमको ४जी सेवा र चुनौतीहरू साथै सञ्चारमा नीति र कानुनको आवश्यकता, साइबर सुरक्षाका चुनौतीहरू र समाधानका उपायहरू, साइबर अपराध, प्रकारहरू र सामाजिक प्रभाव, साबर सुरक्षा उपाय र रणनीतिहरूको महत्त्व, साइबर सुरक्षा र नीति विकासको लागि आवश्यक दृष्टिकोण तय, बढ्दो साइबर अपराधको न्यूनीकरणका उपायहरू लगायतका विषयमा छलफल हुने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।