• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाले गर्यो वडा तहमै पुगेर सार्वजनिक सुनुवाइ




कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाले वडा तहमा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । यसअघि गाउँपालिकाको कार्यालयमै गरिने सार्वजनिक सुनुवाई लाई प्रभावकारी बनाउनका लागि वडातहमै पुगेर गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले आज वडा नम्बर १ र २ मा पहिलो बर्षको समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर एक र दुईका सरोकारवालाहरुले गाउँपलिकाको विभिन्न क्षेत्रबाट सेवा प्रवाहको वारेमा जिज्ञासा राखेका थिए । नेपाली काग्रेसका लुम्विनि प्रदेश कमिटी सदस्य पूर्ण बहादुर मल्ल,गाउँपालिका सचिव बलदेव मल्ल,खेतुलाल विक,देवा पौडेल लगाएत करिव एक दर्जन बढी सेवाग्राहिहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासामाथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नंम्वर एकका अध्यक्ष विष्णु कवर र दुईका अध्यक्ष मैते पुन मगर,आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, भौतिक पूर्वाधार साखा प्रमुख ईन्जिनियर विकेश न्यौपाने , स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमारी घर्ति, पशु शाखाका माधव भट्टराइ, महिला तथा वालवालिका शाखाका कल्पना केसीले जवाफ दिनुभएको थियो ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले एकवर्षे प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । भने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यालयको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रशासन साखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो ।

Facebook Comments