• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निलसागर सेवा आश्रमलाई आर्थिक सहयोग 




देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमलाई अधिवक्ता दामोदर पौडेलको नव दम्पतीले आर्थिक सहयोग गर्नु भएकोे छ।
पालिकाको वडा नम्बर ८ बिजौरी निवासी अधिवक्ता दामोदर पौडेल र उहाँकि श्रीमती शुष्मा पन्थी पौडेलको नव दम्पती जोडीले बिवाहमा प्राप्त भएको रकम मध्ये १५ हजार १ सय ५ रुपैयाँ आश्रमलाई सहयोग गर्नुभएको हो।No description available.
पौडेल दम्पतीले आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीलाई बुधबार  आश्रममै आई सो रकम प्रदान गर्नु भएको थियोे ।
अधिवक्ता पौडेलले थोरै भए पनि आश्रममा रहेका असहायहरुको भोजनमा सहयोग होस् भन्ने उदेश्यले सो रकम प्रदान गरेको बताउनु भएको छ।
त्यस्तै पौडेलले असहाय अशक्तहरुलाई सहयोग गर्न पाउदा खुसी समेत  लागेको बताउनुभयो।
आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले गरिब अशक्तहरुलाई  सहयोग गरेर पुन्य कर्म गरेको भन्दै पौडेल दम्पतीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
अधिवक्ता पौडेल यसै महिनामा मात्रै गढवा निवासी शुष्मा पन्थी सँग बिवाहा बन्धनमा बाधिनु भएको थियो ।
पौडेलले विगतका वर्षहरुदेखि नै विभिन्न  किसिमका सामाजिक तथा मानवीय सेवा गर्दै आई रहनु भएको छ।
Facebook Comments