• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाले दियो विद्यालयलाई थप गर्मी विदा




देउखुरी । दाङको राप्ती गाउँपालिकाले गर्मी विदा थप गरेको छ । विगत केही दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा पठनपाठनमा समेत समस्या भएपछि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी विदा थप गरेको गाउँपालिकाले जनाएको छ ।

गत जेठ २४ गतेदेखि २६ गतेसम्म पहिलो चरण गर्मी विदा गरेको पालिकाले २७ गतेदेखि पुनः पढाई सञ्चालन गर्न भनेको थियो । तर शिक्षासंग सरोकार राख्ने सरोकारवालाहरुले विद्यालयमा पठन पाठन स्थगित गर्न सुझाव दिए पछि मंगलबार एक विज्ञेप्ती निकालेर जेठ ३१ गतेदेखि असार १ गतेसम्म हिउँदे र बर्खे विदा कट्टी हुने गरी विद्यालयमा गर्मी विदा दिएको हो ।

Facebook Comments