• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीका कृषकलाई ५० प्रतिशत अनुदानमा बोयर बोका वितरण




तुल बहादुर कवँर मगर

देउखुरी । दाङको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बोयर बोका वितरण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बोयर बोका वितरण गरेको हो ।

गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बोयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिनुभयो ।

अनुदानमा बोका वितरणका लागि गाउँपालिकाले गत महिनामै आवेदन माग गरेको थियो । प्राप्त आवेदनको आधारमा कृषकहरुलाई बोका वितरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी बताउनुभयो।

सुर्खेतबाट खरिद गरि ल्याइएका बोयर जातका क्रस बोका गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीले सोमबार वितरण गर्नुभएको हो । गाउँपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

नश्ल सुधार गरी गाउँपालिकालाई मासुमा आत्मनिरर्भर गराउने र कृषकको आयस्तर बृद्धि गर्ने उदेश्यले बोयर जातका बोका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । ३२ हजार देखि ५५ हजार मुल्यसम्मका बोका किसानले ५० प्रतिशत अनुदानमा पाएका हुन् ।

Facebook Comments