• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्पादनमा सुधार ल्याउन रुन्टीगढीमा माटो परीक्षण




कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको कृषि शाखाले माटो परिक्षण कार्यक्रम गरिरहेको छ । आईतबार कृषि शाखामा १ देखि ७ वटा वडाको माटो परीक्षण एकै ठाउँबाट गरिएको हो ।

जसमा वडा न ४ बाट भने एउटा पनि माटो परिक्षणको नमुना आउन सकेको छैन।

माटो परिक्षण गरि बिग्रीएको माटोमा कसरी सुधारमा ल्याउन सकिन्छ ,कुन माटोमा कस्तो बाली लगाउदा उचित आए आर्जन बृद्धि हुन्छ र माटोमा के के राखेर माटो सुधार गरि कृषकले उत्पादन बृद्धि गर्न सक्छन भन्ने उद्देश्यका साथ माटो परिक्षण गर्न लागिएको कृषि प्रमुख हिमा पुनले बताउननुभयो । माटो परिक्षण गर्नको लागि कुनै एक वडामा ५० वा सो भन्दा बडी माटो नमुना संकलन भएपछि सजिलै माटो परिक्षण गर्न सकिने उहाले बताउँनुभयो ।

कम नमुना भएपनि परिक्षण गर्न सकिने तर परिक्षण किड ५० नमुना को लागि तयार पारिएको हुदा परिक्षण थोरै थारैमा गर्दा बढी खर्चिलो हुने हुँदा सबैको एकै ठाउँमा गर्न लागिएको उहाँको भनाई छ । वडा १ देखि ७ सम्म जम्मा ८१ वटा माटोको नमुना संकलन भएको थियो । आज सोमबार वडा नं ९ मा परिक्षण हुँदैछ । जहाँ ५० भन्दा माथि माटोको नमुना संकलन भएको छ । भने वडा नं ८ मा भोलि माटो परिक्षण हुने भएको छ ।

Facebook Comments