सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
भारत र अष्ट्रेलियाबीचको टेस्ट च्याम्पियनसिपको फाइनल रोमाञ्चक मोडमा
२७ जेष्ठ २०८०, आईतवार
इंग्ल्याण्डको ओभलमा जारी विश्व टेस्ट च्याम्पियनसिप फाइनल अस्ट्रेलिया र भारत बीचको खेल रोमाञ्चक मोडमा पुगेको छ। चौथो दिन अष्ट्रेलियाले भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो । पहिलो पारिमा ४६९ रन बनाएको अष्ट्रेलियाले भारतलाई २९६ रनमा रोकेको थियो । पहिलो पारिमा १७३ रनको अग्रता बनाएको अष्ट्रलियाले दोस्रो पारिमा २७० रन बनाएर भारतलाई ४४४ रनको विजयी लक्ष्य दिएको हो । लक्ष्य पछ्याएको भारतीय टोलीले चौथो दिनको खेल सकिँदासम्म ३ विकेट गुमाएर १६४ रन बनाएको छ र लक्ष्यबाट २८० रन टाढा छ ।
तेस्रो दिनको खेल सकिँदासम्म कंगारु टोलीले १२३र४ रन बनाएको थियो तर चौथो दिनको सुरुमै टोलीलाई ठूलो धक्का लागेको थियो । मार्नस लाबुसेनको रूपमा उमेश यादवले स्लिपमा क्याच आउट गराए ।
लाबुसेनले ४१ रन बनाएपछि एलेक्स क्यारी र क्यामरुन ग्रीनले इनिङ्सलाई सम्हाल्दै ४३ रनको साझेदारी गरे तर रविन्द्र जडेजाले ग्रीनलाई बलिङ गर्दै भारतीय टोलीलाई ठूलो सफलता दिलाए । ६ विकेट खसेपछि एलेक्स केरीले इनिङ्सलाई गति दिँदै एलेक्स क्यारीले मिचेल स्टार्कसँग लंचसम्म ३४ रनको साझेदारी गरेका थिए । जसमा स्टार्कले ११ रन बनाएका छन् भने अर्को छेउमा केरी ४१ रनमा अविजित थिए । दिनको दोस्रो सत्रमा भारतीय टोली अष्ट्रेलियालाई सकेसम्म चाँडो अलआउट गर्न चाहेको थियो ।
दोस्रो सत्रमा अष्ट्रेलियाका ब्याट्सम्यानले तीव्र गतिमा रन बनाए, एलेक्स केरीले आफ्नो अर्धशतक पूरा गरे भने मिचेल स्टार्कले पनि ४१ रनको महत्वपूर्ण इनिङ खेले ।अष्ट्रेलियाले ८ विकेटमा २७० रन बनाएर आफ्नो दोस्रो इनिङ घोषित गर्दै भारत विरुद्ध ४४३ रनको अग्रता लिएको थियो ।
यो खेल जित्नका लागि भारतलाई ४४४ रन बनाउनु परेको थियो, जसको जवाफमा टोलीले राम्रो सुरुवात गरेपनि चियाअघि शुभमन गिलको रुपमा ठूलो झट्का लागेको थियो । गिल १८ रन बनाएर आउट हुँदा रोहित शर्मा २२ रन बनाएर क्रिजमा उपस्थित थिए ।
दिनको अन्तिम सत्रमा टीम इन्डियाले १२३ रन जोडेर २ महत्वपूर्ण विकेट गुमाएको थियो । शुभमन गिल आउट भएपछि रोहित शर्मा र चेतेश्वर पुजाराले ५१ रनको साझेदारी गरे । रोहित शर्मा ४३ रन बनाएर नाथन लियोनको शिकार बने भने केही ओभरमा प्याट कमिन्सले पुजारालाई २७ रन बनाएर प्याभिलियनको बाटो देखाए । तर त्यसपछि अजिंक्य रहाणे र विराट कोहलीबीच ७१ रनको अविजित साझेदारी भयो । विराट कोहली ४४ र अजिंक्य रहाणेले २० रन बनाएर क्रिजमा छन् । यो खेल जित्न भारतलाई २८० रन आवश्यक छ भने अष्ट्रेलियाले थप ७ विकेट लिनुपर्नेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।