• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुर उद्योग वाणिज्य संघकाे १९ ओैं साधारणसभा




दाङ । नारायणपुर उद्योग वाणिज्य संघकाे १९ओैँ साधारणसभा सम्पन्न भएकाे छ ।आज शनिबार एक कार्यक्रमका बिच संघकाे १९ओैँ साधारणसभा सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष तथा प्रमुख अतिथि नारायण भुसालले संघले बजार चलायमान गराउनका लागि याेजनावद्ध रूपमा कार्य अगाडि बढाउन सुझाव दिएका थिए । ` उद्योग वाणिज्य संघ व्यापारीहरूकाे हकहितका लागि र व्यवसाय संरक्षणका लागि लागिपर्ने संस्था हाे । संघले व्यवसायी तथा उद्योगीहरूका लागि अभिभावकीय भूमिका निभाउनुपर्छ । ´ भुषालले बताए । संघले व्यवसायीलाई व्यापार वाणिज्य सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेुपर्ने भुषालले सुझाव दिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा घाेराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेले संघले व्यवसायीकाे हकहितका क्षेत्रमा लागिपर्न सुझाव दिएका थिए । पछिल्लो चरणमा आर्थिक मन्दीका कारण व्यापारीहरू पलायन हुने अवस्था रहेकाले व्यापारीकाे संरक्षणका लागि संघ लागिपर्नु पर्ने अध्यक्ष पाण्डेले बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ,नारायणपुर उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष दानबहादुर बुढाथोकी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य गणेश लम्साल, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चन्द्रबहादुर रावत, राष्ट्रिय स्वतन्त्र पार्टी घाेराही १० का सभापति कृष्ण न्याैपाने, सिद्ध रत्न नाथ माविका सहायक प्रधानध्यापक भूपबहादुर रावत, पशुपति विद्याश्रमका प्रिन्सिपल केशव थापा, संयुक्त क्लब नारायणपुरका सचिव अनिल बस्नेत, बिन्देबासिनी टाेल विकास संस्थाका अध्यक्ष सुन्दर बस्नेत ,नारायणपुर उद्योग वाणिज्य संघकाे बस्तुगत किराना व्यवसायी समितिका अध्यक्ष शरद पाेख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासचिव बसन्त न्याैपानेले सांगठनिक प्रतिवेदन र काेषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नारायणपुर उद्योग वाणिज्य संघले १९ ओैँ साधारण सभाका अवसरमा दुई जना व्यक्तिलाई सम्मान गरेकाे छ । शैक्षिक क्षेत्र तथा नेपाली साहित्यमा याेगदान दिएवापत केशव थापालाई सम्मान गरेकाे छ । त्यस्तै शैक्षिक तथा सामाजिक क्षेत्रमा याेगदान पुर्याउने विष्णुप्रसाद दाहाललाई सम्मान गरिएकाे थियाे ।

एसइइ उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

संघकाे १९ ओैँ साधारणसभाका अवसरमा २०७८ सालकाे एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने संघकाे कार्य क्षेत्रभित्रका विद्यालयका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ । संस्थागत विद्यालयका तर्फबाट उत्कृष्ट नतिजा ल्याउने स्वर्गद्वारी इङलिस बाेर्डिङ स्कुलका रीषिका बस्नेत, शुभम बुढाथाेकी, प्रविण गाैतम पुरस्कृत भएका थिए ।

सामुदायिक विद्यालयका तर्फबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने सिद्ध रत्न नाथ माविका युवराज जैसी, यशु डाँगी र जनजागृती मावि लमडरूवाका विशाल नेपाली पुरस्कृत भएका थिए ।

संघकाे अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्याेग उपाध्यक्ष डिल्ली वलीले स्वागत मन्तव्य गरेका थिए भने महासचिव बसन्त न्याैपानेले सहजीकरण गरेका थिए ।

Facebook Comments