• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्रिकेट प्रतियोगिताको फाइनल खेल, टस जितेर पहिले ब्याटिङ गर्दै वडा नम्बर १५




घोराही । घोराही उप–महानगरपालिका वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका वडा नम्बर ६ र १५ बीच फाइनल खेलमा वडा नम्बर १५ ले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।

घोराही उपमहानगरपालिका–१७ स्थित घोराही क्रीकेट रंगशालामा वडा नम्बर १५ ले टस जितेर वडा नम्बर ६ लाई वलिङको निम्तो दिएको छ । यस अघि लिग चरणमा वडा नम्बर ६ र १५ बिचमा खेलमा वडा नम्बर १५ ८ विकेटले जितेको थियो वडा नम्बर १५ उच्च मनोवलको साथमा मैदान उत्रिदैछ भने वडा नम्बर ६ हारको बदाला लिउदै उपाधि चुम्ने दाउमा रहेको छ ।

प्रतियोगिता जेष्ठ १८ गते सरु भएको थियो बिजेता टीमले नगद ३० हजार प्रमाण–पत्र ट्रफी, मेडल र उप विजेता टिमले नगद २० हजार प्रमाण–पत्र ट्रफी, मेडल र म्यान अफद सिरिज, बेस्ट ब्याट्सम्यान , बेस्ट बलर र उदयमान खेलाडी समेत पुरस्कार पाउने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिनुभयो ।

Facebook Comments