• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षक कुटपिट गर्ने अधिकारी प्रहरी नियन्त्रणमा




दाङ । राजपुर गाउँपालिका- २ स्थित रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक श्रवण कुमार यादवलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-१ कठबेरुवा घर भई हाल वडा नम्बर २ बेला ( विद्यालय अगाडी) कम्प्युटर पसल गरि बस्ने आनन्द अधिकारी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिनु भयो ।

जेठ २३ गते आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयमा पठन पाठन भई रहेको समयमा मुख्य द्वारमा लगाएको ताला फोडेर भित्र प्रवेश गरि प्रधानाध्यापक केशवराम यादवलाई “कहाँ छ” भन्दै आक्रामक शैलीमा खोजेका थिए, प्रधानाध्यापक यादवलाई नभेटेपछि अन्य शिक्षकलाई गालि गलौच गर्दा शिक्षक श्रवण यादवले मोबाइल बाट भिडियो खिच्दै गर्दा उनीहरुले मोबाइल खोस्नुका साथै कुटपिट गरेका थिए ।

घटना घटाएर फरार रहेका अधिकारी र कार्कीको तिब्ररुपमा खोजि कार्य भईरहेको थियो, त्यसै अनुशार गएराती साढे नौ बजेको समयमा अधिकारीलाई बेलाबाटै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनु भयो।

अधिकारी र कार्कीलाई सार्वजनिक मुद्दा दर्ता गरि आवश्यक अनुशन्धान प्रक्रिया अगाडी बढेको छ भने घटनामा संलग्न भएका कार्की अझै फरार छन, उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ ।

Facebook Comments