• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडास्तरीय क्रिकेट प्रतियोगिता, उपाधिको लागि वडा ६ र १५ भिड्ने




घोराही । घोराही उप–महानगरपालिका वडास्तरीय क्रिकेट  क्रिकेट प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका  वडा नम्बर ६ र १५ बीच फाइनल खेल् हुने भएको छ ।

प्रतियोगितामा ९ वटा वडाको टिमको सहभागीता रहेको थियो तीन ग्रुपमा बिभाजन गरि खेल खेलाइएको थियो ग्रुप टप तीन टिम अघिल्लो चरणमा प्रवेश गरेको थियो ।

अघिल्लो चरण प्रवेश गर्ने टिम वडा नं. ६,१३ र १५ रहेको थियो । तीन टिम बाट मध्य उत्कट २ टिम फाइनल प्रवेश गर्ने हुदा वडा नं. ६ र १५ गरेको हो । लगातार दुई खेल हरेको वडा नं. १३ प्रतियोगिता बाट बाहिरेको थियो ।

फाइनल खेल भोलि २५ गते दिउसो २ बजे घोराही उपमहानगरपालिका -१७ स्थित घोराही क्रीकेट रंगशालामा हुने दाङ जिल्ला किक्रेट संघका सचिब सन्जु क्षेत्रीले जानकारी दिनुभयो ।

आज बुधबार प्रतियोगिताको फाइनल प्रवेश गरिसके टिम वडा नम्बर  ६ र १५ बीच भएको लिग चरणको अन्तिम खेलमा वडा नं. १५  ८ बिकेटले बिजयी भएको छ ।

वडा नं. ६ ले टस जितेर सुरुमा ब्याटिङमा आएको वडा नम्बर ६ ले १८.५ ओभरमा पुरै विकेट गुमाउद १०२ रन बनाउन सफल भएको थियो  ।  आकाश चौधरीले ३३ रन , सन्जय पौडेलले गी २४ रन र चन्द्र क्षेत्रीले १४ बनाउनु बाहेको अरुले दोहोरो रन समेत बनाउन सकेनन्।  । वडा नम्बर १५ का बलर आकाश वलिले   ४ ओभर बलिङ गर्दै २५ रन दिएर ४ विकेट लिएका थिए ।

१०३ रनको टार्गेट लिएर जवाफी व्याटिङमा आएको वडा नम्बर १५ ले १३.४ ओभरमा २ विकेटको क्षेत्रीमा लक्ष्य भेटाउन सफल भएको थियो ।  वडा नम्बर ६ का बलर  सुजल वलि र राज कुमार कुमालले एक, एक विकेट लिएका थिए ।

प्रतियोगिताको बिजेता टीमले  नगद ३० हजार प्रमाण–पत्र ट्रफी, मेडल  र उप विजेता टिमले नगद २०  हजार प्रमाण–पत्र ट्रफी, मेडल  र म्यान अफद सिरिज, बेस्ट ब्याट्सम्यान , बेस्ट बलर र उदयमान खेलाडी समेत पुरस्कार पाउने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिनुभयो ।

Facebook Comments