• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनताको भविष्यबारे नयाँ ढंगले सोचिरहेका छौं : विप्लव




दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले २०६४ पछि आएको जनताको लोकप्रियताको रक्षा गर्न नसक्दा यो अवस्था आएको भन्दै जनताको भविष्यबारे नयाँ ढंगले सोचिरहेको बताएका छन् । पार्टी निकट जवस मोर्चाको संयुक्त आयोजनामा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको राजनीतिक तथा वैचारिक कार्यक्रममा बोल्दै उलने यस्तो बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव विप्लवले नेता कार्यकर्ताले सानो भूमिका पूरा गरेरमात्र नहुने भन्दै यो दलाल सत्तालाई मिल्क्याउन र बैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म दायाँबायाँ नगर्ने प्रतिबद्धता गर्दै जिम्मेवारी बोध गर्नुपर्ने बेला आएको बताए । उनले आफुहरुले नयाँ ढंगले क्रान्ति सम्पन्न गर्न खोज्दा विभिन्न घेराबन्दीहरु भएको भन्दै यसलाई स्वभाविक ढंगले नेता कार्यकर्ताहरुले लिनुपर्ने कुरामा जोड दिए ।

उक्त प्रशिक्षण कार्यक्रममा एक प्रसंगमा विप्लवले नेपालको चरित्र सधै साम्राज्यवादीहरुसँग लड्ने भन्दै अब बिजयमा पुग्ने ताकत सिर्जना गर्नुपर्ने बेला भएको बताए। साथै बाहिर आएजस्तो एकता नहुने भन्दै पहिले गन्तव्य लक्ष्य निर्धारण गर्ने र त्यसपछि मात्र एकताको प्रक्रिया थालनी गर्ने उनको भनाइ छ ।

यस्तै कार्यक्रमका अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठनको फ्र्यासन इन्चार्ज शिलु सीले एकीकृत जनक्रातिलाई टुंगोमा पुर्याउन तथा बैज्ञानिक समाजवाद प्राप्त गर्न युवा विद्यार्थीको आवश्यकता भएकाले युवा विद्यार्थीहरु एकजुट भएर लाग्नुपर्ने बताइन् । साथै उनले दलाल संसदीय व्यवस्था फेलेयर भैसकेकोले बैज्ञानिक समाजवाद अनिवार्य अपरिहार्य भएको बताइन। अहिले देखिएको तमाम समस्याको समाधान बैज्ञानिक समाजवादबाट मात्र समाधान हुने बताइन्।

कार्यक्रमका अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य प्रकाश सीले युवा विद्यार्थीहरु समाजवादको प्रखाइमा रहेकाले समाजवाद प्राप्तिको आन्दोलनमा युवा विद्यार्थी होमिन आतुर रहेको बताए। साथै उनले युवा विद्यार्थीहरुले स्वविवेकले पार्टी आन्दोलनलाई उचाइमा पुर्‍याउन नयाँ–नयाँ खोज अध्ययन अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिए । पुरानो सोच चिन्तन ,शैली ,चेतनास्तरबाट माथी उठ्नु पर्ने बताए । साथै समाजवाद प्राप्तिको आन्दोलनमा पार्टीको निर्देशनमा आवश्यक परे बलिदान दिन युवा विद्यार्थीपछि नपर्ने बताए।

युवा संगठन नेपालका अध्यक्ष पाटन सीको अध्यक्षतामा तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यहरु विरही ,शिलु, सुशील, पार्टी पोलिटब्यूरो सदस्यहरु चिरन , खुमा , पार्टी केन्द्रीय सदस्य जिवन्त, पार्टी केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका अध्यक्ष प्रकाश ,पार्टी केन्द्रीय सदस्य अडिग ,पार्टी केन्द्रीय सदस्य तथा सामनाका अध्यक्ष आरोह, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र, मजदुरका अध्यक्ष श्याम, जनपत्रीका मासिकका सम्पादक प्रकाश तथा पार्टी केन्द्रीय प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य मजदुर संगठनका अध्यक्ष श्यामले राखेका थिए भने कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य नरेन्द्रले गरेका थिए। उक्त प्रशिक्षण कार्यक्रममा जनवर्गीय संगठनबाट २५० जना नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

भारतले नेपालको भू–भाग समेटेर नक्सा जारी गरेको भन्दै बिरोध स्वरुप मसाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौमा बिशाल मसाल जुलुस सम्पन्न गरेका छ्न् । करिव २०० को संख्यामा उपस्थित नेता कार्यकर्ताले कमलादीदेखि शान्तिवाटिकासम्म मसाल जुलुस गरेका हुन् । मसाल जूलूसको क्रममा प्रहरी हस्तक्षेप हुँदा सामान्य झडप समेत भएको थियो ।

शान्तिवाटिकाम मसाल जूलूसपछिको कोणसभा कार्यक्रम लाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले भारतले नेपालको स्वाभिमानमाथि आंच आउने काम गरेको भन्दै भारतीय साम्राज्यवादविरुद्ध युवा विद्यार्थीहरु एक भएर लड्ने बेला आएको बताए । उनले कथित अखण्ड भारतको नक्साबाट नेपालीको भू–भाग नहटाए भारतीय साम्राज्यवादविरुद्ध निर्णायक आन्दोलन गर्ने समेत चेतावनी दिए।

कोणसभालाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य पाटन सीले भारतीय साम्राज्यवादले नेपालको स्रोत साधनमाथि गिद्दे नजर लगाइरहेकोले सबै नौजवान युवाहरु एक भएर प्रतिकारमा उत्रनुपर्ने समय आएको बताए ।

मशाल जुलुसपछिको कोणसभा कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव तिलक सीले गरेका थिए।

 

Facebook Comments