• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्पादन तथा रोजगारी सिर्जना गर्ने खालका योजना बनाउन जनप्रतिनिधिलाई निर्देशन




लमही । स्थानीय तहहरुले बजेट निमार्णको तयारी गरीरहेका बेला नेपाली काग्रेसले लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरुलाई २ दिने प्रशिक्षण कार्यक्रम लमहीमा सुरु भएको छ   ।

मुलुकको आर्थिक संकट समाधानका लागि स्थानीय तहहरुले के कस्ता योजना बनाउने र बजेट बिनियोजन गर्ने भन्ने बारेमा तालिम दिन थालेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशभरीका जनप्रतिनिधि र पार्टीका जिल्ला नेतृत्वलाई भेला गरेर २ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुशासन र पारदर्शीता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधिहरुलाई निर्देशन गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादन गर्ने र रोजगारी सृजना गर्ने योजना पालिकाहरुले ल्याएमा पालिका र प्रदेश सरकारले साझेदारी कार्यक्रम सञ्चालन गर्ने र बजेट बिनियोजन गर्ने बताए ।

प्रतिनिधि सांसद बिनोद चौधरीले अहिलेको अबस्थामा खुलेका उद्योग नै चल्न नसकेको र भोलिको दिनमा नयाँ उद्योग खुल्ने र लाखौं रोजगारी दिने उद्घोष दिवा सपना मात्र हुने चौधरीले बताए । बेरोजगारी अबको ठूलो चुनौती रहेको भन्दै उनले विदेशबाट ठूलो संख्यामा युवा जनशक्ति फर्काउने र  उनीहरुलाई कृषिमा लगाउन सक्नुपर्ने धारणा राखे ।

नेपाली काग्रेसबाट निर्वाचीत लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधीहरुलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष लहकुल केसी, नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदी लगाएतले दुई दिनसम्म प्रशिक्षण दिनेछन् ।

Facebook Comments