• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्री मोदीलाई आग्रह गरेँ : प्रधानमन्त्री




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो चार दिने औपचारिक भारत भ्रमणबारे जानकारी गराउनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतका प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गर्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा दिनु भएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताउनुभयो ।

उहाँले आफूले भारतका प्रधानमन्त्री मोदीसँग गम्भीर रूपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकिर समेत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘भेटवार्तामा सीमा सम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमा सम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । यहाँहरूलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतका प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’’

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताउनुभएको पनि संसद्लाई जानकारी गराउनुभयो ।

Facebook Comments