• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु, ३ जना घाइते




ओमप्रकाश गुप्ता
भालुवाङ । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु भएको छ, भने ३ जना घाइते भएका छन् ।

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षिय किरण रोकाको मृत्यु भएको छ । घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चौकीमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षिय दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षिय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ ।

अटो र मोटरसाइकल तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments