• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडास्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन, वडा १८ र ६ विजयी




घोराही । घोराही उप–महानगरपालिका वडास्तरीय क्रिकेट  क्रिकेट प्रतियोगिताको शुक्रबार दोस्रो  दिनमा २ वटा खेलहरु सम्पन्न भएका छन् ।

घोराही उपमहानगरपालिका  वडा नम्बर १७  स्थित घोेराही क्रिकेट रंगशालामा जारी घोराही उपमहानगरपालिका वडास्तरीय क्रिकेट  क्रिकेट प्रतियोगिताको शुक्रबार दोस्रो खेलमा वडा नं. ६ र १८ विजयी भएका हुन् ।

आज  वडा नं. ५ र  वडा नं. ६ बिच भएको पहिलो खेलमा वडा नं ६ विजय भएको छ ।  वडा नं.  ५ ले टस जितेर पहिला ब्याटिङ गर्दै निधारित २० ओभरमा ८ विकेटको क्षेतीमा १०५ रन बनाउन सफल भएको थियो  रविन चौधरीले ५२ बलमा  २८ रन,प्रशान्त गोराथोकीले २९ बलमा १९ रन बनाएका थिए। वडा नं. ५ लाई १०५ मा रोक्नका लागि वडा नं. ६ का बलर चन्द्र थापाले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट, राज कुमार कुमालले ३ ओभर गर्दै १३ रन दिएर २ विकेट लिएका थिए ।

१०६ रनको टार्गेट लिएर जवाफी व्याटिङमा आएको वडा नं. ६ ले १४. ५ ओभर खेलेर ४ विकेटको क्षेती लक्ष्य भेटाउन सफल भएको हो । जस्मा सन्तोष केसीले ३३ बलमा ५ चौका र ३ छक्काको मद्धतले  ५० रन , बासुदेव शर्माले  २४ बलमा १८ रन बनाउन सफ भएका थिय । बलिङ तर्फ वडा नं. ५ का बलर  प्रशान्त गोराथोकीले ४ ओभर बलिङ गर्दै  १८ रन दिएर ३ विकेट लिएका थिए । म्यान अफद म्याच सन्तोष केसी भएका हुन् ।

आजभएको दोस्रो खेल वडा नं. १८ र  वडा नं. १६ बिच भएकोमा वडा नं १८  विजय भएको छ ।  वडा नं. १८ ले टस जितेर पहिला ब्याटिङ गर्दै निधारित २० ओभरमा ४ विकेटको क्षेतीमा १६१ रन बनाउन सफल भएको थियो वडा नं. १८का लागि ओपनिङ ब्याट्सम्यान शुसान्त सिंह थापाले ६३ बलमा आजिवित रहदै ९३ रन जोडे । उनले ३ छक्का र १३ चौका प्रहार गरेका थिए ।  वडा नं. १६ का बलर चन्द्र थापाले ४ ओभर बलिङ गर्दै ११ रन दिएर ३ विकेट, थिय ।

१६१ रनको  बिसाल टार्गेट लिएर जवाफी व्याटिङमा आएको वडा नं. १६ ले १८.२ ओभर खेल्दै अलआउट हुदै ११२ रन मात्र बनाएको थियो  । जस्मा असोक भण्डारीले २३ रन, शंकर बुढाले २० रन बनाएका भ थिय । बलिङ तर्फ वडा नं. १८  का बलर  अमित तामाङले ४ ओभर बलिङ गर्दै २५  रन दिएर ४ विकेट लिएका थिए । म्यान अफद म्याच शुसान्त सिंश थापा भएका थिय ।

प्रतियोगितामा भोली शनिवार विहान  वडा नं.१३, वडा नं. ६ र दिउँसो वडा नं १६, वडा नं. १८ बिच खेल हुने  दाङ जिल्ला किक्रेट संघका सचिव सन्जु क्षेत्रीले जानकारी दिनुभयो ।

Facebook Comments