• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काठमाडौं वल्ड स्कुलको नेपाल टुर कार्यक्रम घोराहीमा हुँदै




दाङ। शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त दाङको घोराहीमा विशेष कार्यक्रम गर्ने भएको छ ।

यही जेठ २६ गते शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, शिक्षक, उद्योगी, व्यवसायी, सञ्चारकर्मीहरुको सहभागितामा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा विशेष कार्यक्रमको आयोजना गर्न लागि रहेको छ । सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा स्कुल चियरमेन इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलाललगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहनेछ । कार्यक्रममा शिक्षाको विषयमा उहाँहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत रहेको बताइएको
छ । स्कुलले सुरु गरेको नेपाल टुर अन्तर पूर्वका मुख्य शहरहरुमा कार्यक्रम भैसकेको छ । यसैगरी बुटवललगायतका शहरहरुमा पनि कार्यक्रमको आयोजना भैसकेको छ । जेठ २६ गते दाङमा कार्यक्रम सम्पन्न गरिसकेपछि सुर्खेत, धनगढी लगायतका शहरहरुमा पनि नेपाल टुर अन्तर्गतका कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिएको स्कुलले जनाएको छ ।

काठमाडौमा बिशिष्ठ स्कुलकारुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा वहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ । जेठ २६ गते हुन लागि रहेको कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको
बारेमा लाभ लिनका लागि स्कुलले सबैमा अनुरोध गरेको छ ।
वल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ ।

स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्ड स्कुलले जोड
दिँदै आएको स्कुलका चियरम्यान
इ. डा. मिथिलेश कुमार झाले बताउनुभयो ।

Facebook Comments