• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयनै बन्द गरेर शिक्षक परीक्षा दिन गएपछि…..?




दाङ । दाङको बंगलाचुली गाउँपालिका –५ मा झेल्नेटामा रहेको सुधा माध्यामिक विद्यालय लगातार बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । जेठ २० गते अर्थात भोलि शनिबार हुने शिक्षक सेवा आयोगको परीक्षाका लागि लगातार विद्यालय विदा हुँदा विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो ।

स्थानीय सरकार शिक्षा ऐन अनुसार कुनैपनि विद्यालयले ५ दिन स्थानीय विदा पाउने तर लगातार विद्यालय विदा गर्न नपाइने भएतापनि सुधा माविले भने शिक्षा ऐन विपरित विद्यालय लगातार विदा गरेको पाइएको छ । विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको शिक्षक सेवा परीक्षालाई मध्यनगर गर्दै विद्यालयले जेठ १४ गतेदेखि विद्यालय लगातार विदा गरेको स्थानीय अभिभावकहरुको बताएका छन् ।

विद्यालय लगातार विदा हुँदा भने विद्यार्थीहरुको पढाइमा थप प्रभावित बन्दै गएकोप्रति स्थानीय अभिभावकको गुनासो रहेको छ ।

उता विद्यालयका प्रध्यानाध्यापक ज्ञानेन्द्र ढकालले स्थानीय शिक्षा शाखाको अनुमति र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयमा विदा दिइएको बताए । उनले विद्यालयका १८ जना शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिनका लागि सबै शिक्षकले विदा मागेको हुँदा पढाइनै प्रभावित हुने देखिएपछि बर्खे विदा कटौती गर्ने गरी जेठ १६ गतेदेखि १९ गतेसम्म विद्यालय विदा गरिएको जानकारी दिए ।

विद्यालयमा दैनिक २८ वटा कक्षाहरु सञ्चालन हुने र १८ जना शिक्षकहरु अनुपस्थित हुँदा विद्यार्थीहरुको पढाइ प्रभावकारी नहुँने भन्दै विदा गरिएको विद्यालय आइतबारदेखि नियमित रुपमा पठनपाठन हुने प्रअ ढकालको भनाइ थियो ।

त्यस्तै बंगलाचुली गाउँपालिकाका शिक्षा संयोजक डोम बहादुर केसीले विद्यालयहरुमा स्थानीय विदा ५ दिन भएतापनि लगातार विद्यालय विदा गर्न नपाइने जानकारी दिए ।

विद्यालयमा ३८ जना स्टापहरु रहेका छन् भने विद्यालय बालबिकासदेखि १२ कक्षासम्मका सञ्चालनमा रहेको छ ।

Facebook Comments