• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा सुशासन तथा नेतृत्व कार्यशाला गोष्ठी सुरू




रुकुमपूर्व । रुकुमपूर्वमा नेपाल ख्रिष्टियन समाज लुम्बिनी प्रदेश र रूकुमेली ख्रिष्टियन मिसन समाजको संयुक्त आयोजनामा सुशासन तथा नेतृत्व कार्यशाला गोष्ठी कार्यक्रमको सुरू भएको छ ।

बिहीबारदेखि रूकुमपुर्ब र रूकुम पश्चिमबाट इसाई समुदायबाट विभिन्न राजनीतिक दलहरुबाट २०७९ को स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सुशासन तथा नेतृत्व सम्बन्धि निर्वाचित जनप्रतिनिधिहरुलाई क्षमता विकास तथा प्राक्टिकल रुपमा सुशासन तथा नेतृत्व सम्बन्धि सिकाइने बताएको छ ।

नेपाल खीस्टियन समाजका अध्यक्ष पाष्टर बाबुराम बस्नेतको अध्यक्षतामा सुरु भएको उक्त उदघाटन समारोहमा जिल्ला समुन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको विषेश आतिथ्यता रहेको थियो ।

त्यसैगरी यु एम एन रूकुमपूर्व कलष्टरका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाहरका वडाध्यक्षहरू, इसाई राजनीतिक अगुवा, नेपाल खीस्टियन समाजका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरू तथा सहजकर्ताहरूको सहभागीता रहेको थियो ।

उत्त कार्यक्रममा रूकुमेली इसाइ मिसन समाजका अध्यक्ष पाष्टर अविनाश बुढा मगरले स्वागत मन्तव्य, र नेपाल खीस्टियन समाजका उपमहासचिव रेभरेन पाष्टर मुकुन्द शर्मा र रेभरेन पाष्टर राजेन्द्र मल्लले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नु भएको थियो ।

उदघाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना सहित आफ्नो मन्तव्य दिनुभएको थियोे भने कार्यक्रम को सहजीकरण सचिव पाष्टर डम्बरबहादुर थापाले गर्नुभएको थियोे । उक्त कार्यक्रम आज सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments