• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उप–महानगरपालिका वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु




दाङ । घोेराही क्रिकेट रंगशालामा  घोराही उप–महानगरपालिका वडा स्तरीय क्रिकेट  क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा घोराही उप–महानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले गरेका छन् । दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष  प्रदिप मज्गैयाले बलिङ र मेयर चौधरीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।No description available.
घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले  यस किसिमको प्रतियोगिताले दाङको क्रिकेट विकासमा ठूलो भूमिका खेल्ने बताए ।
दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार एवं प्रेस काउन्सिल नेपाल सदस्य शरद अधिकारी, लुम्बिनी प्रदेश क्रिकेट संघका खेलाडी छनोट समिति संयोजक कैलाश रोका मगर, घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डे, घोराही १७ का वडा अध्यक्ष राम लौटन चौधरी र घोराही १८ का वडा अध्यक्ष भरतमणि अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।
दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष  प्रदिप मज्गैयाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजिकरण लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य किशोर चन्द्र गौतमले गरेका थिय ।
आज भएको पहिलो खेल वडा नं। १५ र १८ बिच भएकोमा ४ विकेटले वडा नं। १५ बिजयी भएको छ ।  वडा नं. १८ले टस जितेर पहिला ब्याटिङ गर्दै निधारित २० ओभरमा ८ विकेटको क्षेतीमा १०६ रन बनाउन सफल भएको थियो अनुप न्यौपाने ४२ बलमा ६ चौकाको मद्धतले ४२ रन, मनोज पुनले २४ बलमा १४ रन हरिस केसीले १३ बलमा १३ रन अरु ब्याट्सम्यानले दोहरो अंक समेत छुन सकेनन् १०६ मा रोक्नका लागी वडा नं। १५ का बलर आयुष वलीले ४ ओभर बलिङ गर्दै १७ रन दिएर ३ विकेट, रविन थापाले ४ ओभर गर्दै १० रन दिएर २ विकेट लिएका थिइ ।
१०७ रनको टार्गेट लिएर जवाफी व्याटिङमा आएको वडा नं। १५ ले १३. ४ ओभर खेलेर ६ विकेटको क्षेती लक्ष्य भेटाउन सफल भएको हो । जस्मा शिसिर डिसी १९ बलमा नटआउट रहदै २१ रन , आशिल वलीले २६ बलमा २४ रन बनाउन सफ भएका थिय । बलिङ तर्फ वडा नं. १८ का बलर अमित तामाङले ३ ओभर बलिङ गर्दै  २४ रन दिएर २ विकेट लिएका थिए । म्यान अफद म्याच  आयुष वली भएका थिय ।No description available.
त्यसै गरि आजनै  भएको दोस्रो खेल वडा नं. १ र १३ बिच भएकोमा ९० रनको विसाल जित निकाल्न सफल भएको छ  वडा नं. १३ । टस हारेर ब्याटिङको निम्तो वडा नं। १३ निधारित २० ओभरमा ६ विकेटको क्षेतीमा १४६ रन बनाउन सफल भएको थियो सन्जिब बुढाले  ३५ कलको सामना गर्दै ३ चैका र १ छकाको मद्धतले  ३६ रन  हेमराज सपकोटाले  १७ रनको मद्धतले १४६ रन बनाउन सफल भएको थियो,  वडा नं। १का वलर दिप्सन जिसीले ४ ओभर वलिङ गर्दै २१ रन दिएर ३ विकेट लिउन सफ भएका थिय ।
१४७ रनको लक्ष्य लिएर ब्याटिङमा आएको वडा नं. १का ब्याट्सम्यानले दोहरो अंक समेत छुन सकेनन् १३ ओभर पुरै टिम अलआट हुदै  एक्स्ट्रा १६ रनको मद्धतले  ४० रन मात्र बनायो । ५६ रनमा रोक्न वडा नं. १३ का बलर सुशम खनालले ४ ओभर बलिङ गर्दै १३ रन दिएर ३ विकेट र बिराट सिंह भण्डारीले ३ ओभर बलिङ गर्दै १० रन दिएर ३ विकेट लिउन सफल भएको थिय । म्यान अफद म्याच  सन्जिब बुढा भएको दाङ जिल्ला किक्रेट संघका सचिव सन्जु क्षेत्रीले जानकारी दिनु भयो ।No description available.
 प्रतियोगितामा भोली शुक्रवार विहान  वडा नं. ५, वडा नं. ६ र दिउस वडा नं. १३, वडा नं. १८ बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।
Facebook Comments