• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नागरिकता विधेयक प्रमाणीकरण तत्काल फिर्ता गर्न राजमोको देशब्यापी बिरोध सभा




दिनेश रैदास

दाङ । गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ। संघीयता खारेज गरौ भन्ने मूल नारासहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ।

राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्दै भारतले नेपालकाे प्रसिद्ध ठाउँ लुम्बिनी र कपिलवस्तु नेपाली भूमिलाई भारतको नक्सा जारी गरेको र प्रधानमन्त्री प्रचन्ड भारत भ्रमण जानु दुई घण्टा अगाडि राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे तत्काल फिर्ता गर्न राजमोले देशैव्यापी विरोध सभा गरेकाे बताए । `देश फिजीकरण र सिक्किमीकरण भई भारतीय संघमा विलय हुने झन बढी खतरा देखियो´ उनले भने `त्यसकारण संघीयता खारेजी र गणतन्त्र, धर्म निरपेक्षता जोगाउन सिंगो देशका जनता सङ्घर्षमा उत्तिर्नुको विकल्प छैन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रहरु अखण्ड भारत र नागरिकता विधेयकको बिषयमा मौन छन् भने राजमो एक्लै जनताको पक्षमा जनताको आवाज उठाईरहेकाे छ।´

त्यसैगरी अखिल नेपाल किसान सङ्घका मणिराम खनालले विरोध सभालाई सम्बोधन गर्दै भारतीय साम्राज्यवादद्वारा लुम्बिनी – कपिलवस्तु सहितका नेपाली भूमि भारतीय नक्सामा राख्ने कार्यका विरूद्ध नेपाली किसान मजदुर सबै जनता एकताबद्ध भएर लाग्न आह्वान गरे ।

विरोध सभालाई सञ्चालन राजमो जिल्ला सदस्य सुशिल पोख्रेलले गर्नुभएको थियो।

Facebook Comments