• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा हुने वडास्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा




घोराही । दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा घोराही उप–महानगरपालिकाको आर्थिक सहयोगमा  घोराही उप–महानगरपालिका वडा स्तरीय क्रिकेट   प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ  ।

घोराही उपमहानगरपालिकाको ९ वटा वडाले मात्र सहभागिता जनाएका छन। स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन जेष्ठ १८ गते बिहिबार विहान ७  बजे घोराही क्रिकेट रंगशालामा  घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको प्रमुख अतिथिमा हुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले बताउनुभयो ।

प्रतियोगितामा सहभागी ९ वटा टिमलाई  तिन ग्रुपमा राखिएको छ । जस्मा ग्रुप ए मा वडा न. १३, २, १ ग्रुप बि मा वडा नं। १८, १५, १६ र ग्रुप सि मा वडा नं. १७, ६, ५ रहेको छन् ।

No description available.

जेष्ठ १८ गते हुने प्रतियोगिताको फाइनल खेल जेष्ठ २५ हुनेछ । प्रतियोगिताको बिजेत टीमले  नगल ३० हजार प्रमाण–पत्र ट्रफी, मेडल  र उप विजेता टिमले नगद २०  हजार प्रमाण–पत्र ट्रफी, मेडल  पुरस्कार पाउने दाङ क्रिकेट संघका सचिव सन्जु क्षेत्रीले जानकारी दिनुभयो ।
Facebook Comments