निराजन सिर्पाली
रुकुमपूर्व । रुकुम पुर्वमा एकीकृत समाजवादी पार्टीको भाद्रीय संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम भेला सम्पन्न भएको छ । संगठनको आयोजनामा मंगलबार रुकुमकोटको रुकुमपूर्व स्थित चाइनिज होटेलको सभा हलमा उक्त भेला सम्पन्न भएको हो ।
प्रेमा जिएमको अध्यक्षता एवं प्रदेश समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष हृदय नारायण भुसालको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला भेलाले जिल्लास्तरीय समाजवादी प्रेस संगठन नेपाल रुकुम पूर्वको नयाँ कमिटी गठन गरेको छ ।
उक्त भेलाले हिरा बुढाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपालको नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षहरुमा सुरेशमान विक र राधा खड्का रहनुभएको छ । सचिवमा प्रेमा जिएम, सहसचिवमा मोहोन रामाजाली र कोषाध्यक्ष मा रुमानी गौतम रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा मनिष मल्ल , सुजाता मल्ल ,नेहा रोका मगर , रमिता सुनार , रविन सुनार सहित एकजना पछि थप गर्ने गरी उक्त कमिटी गठन गरिएको छ ।
समाजवादी प्रेस संगठन नेपालको प्रथम भेला कार्यक्रम मा एकीकृत समाजवादी रुकुम पूर्वका अध्यक्ष भिउमान घर्ती , जिल्ला सचिव भुवनेश्वर उपाध्याय , जिसस उपप्रमुख मोहोन केसी, समाजवादी प्रेस संगठन नेपाल का केन्द्रीय सदस्य अम्मर राज पुन , युवा संघका केन्द्रीय सदस्य लजिम ओली, लुम्बिनी प्रदेश समाजवादी प्रेस संगठन नेपालीका उपाध्यक्ष प्रतिज्ञा मगर , अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष धनुष चन्द गौतमको को उपस्थिति रहेको कार्यक्रम को सहजिकरण प्रेस संगठन नेपाल का केन्द्रीय सदस्य अम्मर राज पुनले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

