• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राेल्पामा मोटरसाईकल दुर्घटना परेर एक जनाको मृत्यु




खुम बहादुर सुनार
लिवाङ ,राेल्पा। राेल्पामा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

सुनिलस्मृती गाँउपालिका वडा न. २ खुंग्री चतुर्भजको मोडमा लु ८७ प २०६८ नम्बरको मोटरसाईकल दुर्घटना हुंदा मोटरसाईकल सवार प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा न.८ धनचौर निवासि बर्ष १६ को सागर सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

उक्त राेकि रहेको मोटरसाईकल स्टार्ट गरी घुमाउने क्रममा बाटो देखि करिब ३५ मिटर तल खेसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटना भएको खबर लगतै ईलाका प्रहरी कार्याल खुंग्री रोल्पाबाट प्रहरी टोलीले उद्धार गरी प्राथामिक स्वस्थ्य केन्द्र सुलिचौर पठाएको प्रहरीको जानकारी दिएको थियो ।

मोटरसाईकलमा दुर्घटना परि घाइते भएका सापकोटाको उपचारको क्रममा साझ ७ः१० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Facebook Comments