कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकामा प्रथम रुन्टीगढी अन्तर वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । “स्वाथ्यका लागि खेलकुद, मित्रताको लागि खेलकुद, पहिचानका लागि खेलकुद” भन्ने मुल नाराका साथ रुन्टीगढी गाउँपालिका रोल्पामा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । रुन्टीगढी गाउँपालिका वडा न. ७ अध्यक्ष तथा गाउँपालिका खेलकुद समितिका अध्यक्ष टेकलाल पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक पुन प्रमुख अतिथ्यतामा भएको हो । बिशिष्ट अतिथिमा रुन्टीगढी गाउँपालिका निर्वतमान अध्यक्ष बालाराम बुढा रहनु भएको थियो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी एवं रुन्टीगढी गाउँपलिका अध्यक्ष पुनले बाटो बनाउनु, भवन बनाउनु विद्युत बिस्तार गर्नु, खानेपानी निर्माण गर्ने लगाएत भौतिक निर्माण गर्ने काम मात्र विकास नभएको कुरा उल्लेख खेलकुदका माध्यमबाट रुन्टीगढी पहिचान दिनको लागि आयोजना गरिएको उहाँले बताउनुभयो । खेलकुद स्वाथ्यको लागि राष्ट्रको लागि नभएर अनुसासनको लागि,आर्थिकको लागि पनि खेलकुद भएको उल्लेख गर्नुभयो । विश्वका बिभिन्न कलबहरु करोडौ डलरमा अनुबन्धन भएको कुरा बताउदै खेल र खेलाडीकै कारणले मनग्य पैुसा आरजन गर्न सकर्ने बिधा पनि खेलकुद भएको बताउनु भयो । उहाँले भन्नु भयो खेल आयोजना गदै गर्दा खेरि थुप्रै गर्नु पर्ने जोस र जागर हुदै हुदा पनि केही सिमित स्रोत र साधनका करणले पछि हचकेर कार्यक्रमलाई अघि बधाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।
रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अतिथिहरु रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के सी, नेपाली कांग्रेश क्षेत्रीय प्रतिनिधि दिलमन बुढाथोकी, नेकपा माओवादी लुम्बीनी प्रदेश सदश्य गोबिन्द पुन नजर,नेकपा एमाले रुन्टीगढी गाउँपालिका अध्यक्ष अमराज बस्नेत, समाज सेवी देबेन्द्र बोहोरालगाएतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी रुनटीगढी गाउँपालिका वडा नं १ का अध्यक्ष थम बहादुर घर्ती ,वडा नं २ का अध्यक्ष भिउलाल पुन, वडा नं ३ का अध्यक्ष गणेश गिरी, वडा न ५ का अध्यक्ष गोबिन्द बहादुर डागी, वडा नं ६ का अध्यक्ष घन बहादुर घर्ती, वडा नं ८ का अध्यक्ष तुलसी पुन र वडा नं ९ का अध्यक्ष चेतलाल खत्री लगाएत रहनु भएको थियो । प्रमुख अतिथीद्वारा रिवन काटेर उद्घाटन गरिएको प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रमको सहजीकरण बौद्धिक व्यक्तित्व सुबास चन्दले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।