• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नागरिकको स्वास्थ्यसँग कुनै प्रकारका सम्झौता हुँदैन् : मन्त्री खनाल




घोराही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री राजु खनालले नागरिकको स्वास्थ्यसँग कुनै प्रकारका सम्झौता नहुने बताएका छन् । नेपाली कांग्रेस दाङले शुक्रबार घोराहीमा आयोजना गरेको नवनियुक्त स्वास्थ्य मन्त्रीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको स्वास्थ्य मन्त्री खनालले पार्टीगत रूपमा आलोचना नगरी जनतालाई सरकार भएको महसुस गराउने गरी काम गर्ने बताएका बताए । मन्त्री खनाले धेरै काम गर्ने आश्वासन दिलाउनुभन्दा गुणात्मक काम गर्ने बताए । लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधारका लागि सरकारको तर्फबाट हुने काममा कुनै कमी हुने छैन , स्वास्थ संवेदनशील क्षेत्र हो । नागरिकको स्वास्थ्यसँग कुनै प्रकारका सम्झौता हुँदैन, लुम्बिनी प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई प्रभावकारी तथा सर्व सुलभ बनाउन लागिपर्ने छ, मन्त्री खनालले भने।

मन्त्री खनालले संगठन सबैभन्दा अपरिहार्य रहेको बताउँदै संगठन कुनै संघ, संस्थाका लागि मात्र नभई समाज र देशका लागि हुनपर्नेमा जोड दिए । राष्ट्रिय राजनीतिमा तरलता सिर्जना भएका कारण समृद्धिका कार्यलाई सरकारले प्रभावकारी रूपमा अगाडि बढाउन सकेको छैन मन्त्री खनालले बताए । साथै आलोचनात्मक प्रवृत्तिलाई त्यागेर समृद्धि लाग्न अपील गरेका छन् ।

नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको सभापति एवं लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख अतिथिमा पार्टी कार्यालय घोराही कार्यक्रम भएको थियो । जिल्ला उपसभापति कमान सिंह भारतीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।

Facebook Comments