• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा परिवार नियोजन र प्रजनन् स्वास्थ्य सुधार गर्न परियोजना लागु




घोराही । निजी स्वास्थ्य संस्थाहरुबाट परिवार नियोजनको गुणस्तरीय सेवा प्रबाह गर्ने लक्ष्यका साथ घोराहीमा एमपिएचडी नेपाल परियोजना लागु भएको छ । स्थानीय सरकार घोराही उपमहानगरपालिकाको सहकार्यमा साढे २ बर्षे यो परियोजना लागु भएको हो ।

परियोजनाका बारेमा आयोजक एफएचआई ३६०, पिएसआई नेपाल र नेपाल सिआरएस कम्पनीको आयोजनामा घोराही उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य एवं स्वास्थ्यकर्मीहरुलाई जानकारी गराईएको छ । नगरका कार्यबहाक प्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा कार्यक्रम गरि परियोजनाले गर्ने कामका बारेमा जानकारी गराईएको हो ।

१५ देखि २९ बर्ष उमेर समूहका किशोरकिशोरी तथा युवायुवतीहरुलाई लक्षित गरेर उक्त कार्यक्रम लागु भएको परियोजनाका कार्यक्रम संयोजक विक्रम चन्दले जानकारी दिनुभएको छ । घोराहीका १७ वटा विभिन्न निजी स्वास्थ्य संस्थाहरु छनौटमा परेका छन् । प्राईभेट फार्मेसी, क्लिनिक तथा अस्पतालहरु मार्फत परिवार नियोजन, प्रजनन् स्वास्थ्यका विषयमा तालिम र परामर्श गरी क्षमता अभिबृद्धी गर्दै लक्षित समूहहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ । परिवार नियोजनका बारेमा आम मानिसमा अहिले पनि लाज र संकोच मान्ने चलन रहेकाले त्यसलाई तोडेर सामान्य जीवन शैलीकारुपमा बुझ्ने बुझाउने गरि परियोजनालाई सञ्चालन गरिने चन्दको भनाई छ ।

प्रजनन् स्वास्थ्यका बारेमा जानकार र सजक समेत हुन अहिले पनि नागरिकहरु सक्षम नदेखिएको भन्दै त्यस तर्फ पनि नागरिक शसक्तिकरणका कार्यक्रमलाई प्रभावकारी बनाउने अर्को लक्ष्य रहेको परियोजनाका कार्यक्रम अधिकृत टंक पन्तले जानकारी दिनुभयो । निजी स्वास्थ्य संस्थाहरुबाट परिवार नियोजन र प्रजनन् स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने मुख्य उदेश्यका साथ घोराही, तुलसीपुर, लमही र राप्तीमा कार्यक्रम लागु गरिएको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै नगर उप प्रमुख हुमाकुमारी डिसीले परिवार नियोजन र प्रजनन् स्वास्थ्य सेवा सहज हुन आबस्यक रहेको बताउनुभयो । सबै स्वास्थ्य संस्थाहरुमा यी र यस्ता सेवालाई नागरिकको सहज पहुँच बनाउन आबस्यक रहेकोमा जोड दिनुभएको हो ।

घोराही उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले परिवार व्यवस्थापन र व्यक्ति स्वस्थ रहनका लागि तय भएको परियोजनालाई सफल बनाउन स्थानिय सरकारले सहजिकरण गर्ने बताउनुभयो । यो परियोजना लुम्बिनी प्रदेशका ५ जिल्लाका २१ तहमा लागु भएको छ । कार्यक्रमको सहजिकरण शाखाका ठाकुर खनालले गर्नुभएको थियो ।

Facebook Comments