• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस युनियन र दाङ निर्माण व्यवसायी संघका निर्वाचित कार्य समितिलाई सम्मान




दाङ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराहीले एक कार्यक्रमको आयोजना गरेर नेपाल प्रेस युनियन र दाङ निर्माण व्यवसायी संघमा निर्वाचित कार्यसमितिलाई स्वागत सम्मान गरेको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही प्रमुख गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सकारात्मक सोचसँगै सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले आध्यामिक ज्ञानका माध्यमबाट समाजमा सुशासन, सकारात्मक सोच निर्माणका लागि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए । उनले समाजमा देखिएका विकृति,विसंगति,वेतिथिका लागि घट्नाहरुलाई निरुत्साहित गर्नका लागि ब्रह्मकुमारीय ईश्वरीय विश्वविद्यालयले ठुलो भूमिका खेल्न सक्ने बताए । समाजमा सुशासन कायमसँगै विकास, समृद्धि र विश्वसनिताका लागि सञ्चार क्षेत्रले खवरदारीको काम गर्दै आएको भन्दै उनले सकारात्मक समाज निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्य गरेर आगामी दिनमा अघि बढ्ने समते बताएका हुन ।

कार्यक्रममा दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविनकुमार भण्डारीले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले सकारात्मक सोचसँगै समाज परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने बताए । त्यसका लागि अध्यक्ष भण्डारीले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले निर्माण गर्न थालेको आध्यामिक भवन निर्माणको कार्यलाई जति सक्यो चाँडै सम्पन्न गर्नका लागि पहल गर्ने समेत बताए । कार्यक्रमका अन्य बक्ताहरुले समाजमा सकारात्मक सोच निर्माणका लागि ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालय खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय घोराहीका क्षेत्रीय प्रमुख गीता दिदीले विचार नै कर्मको बिज भएको भन्दै सुन्दर विचारले जीवनमा परिवर्तन ल्याउने बताइन । कार्यक्रममा अध्यक्षलगायत कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको थियो । पुष्पा दिदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ब्रह्कुमार शिवलाल महतराले गरेका थिए ।

Facebook Comments