• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शरणार्थी प्रकरणमा नाम जोडिएका सबैलाई छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न क्रान्तिकारीको माग




दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले नेपाली नागरिकलाई भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने भनी करोडौं रकम असुल्ने कार्यमा संलग्नहरुले अनुसन्धानमा क्रममा नाम लिएका सबै उच्च पदर्थ हरुलाई तत्काल छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश सीले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छालबिन गरि सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

संगठनका अध्यक्ष प्रकाश सीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ– ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री ,पूर्व गृहमन्त्री ,गृह सचीव लगायत उच्च पदर्थ ,विचौलियाहरु,नेताहरु,नेताका आफन्त हरु लगायत ३० जनाको ठूलो गिरोह भ्रष्टाचार तथा राष्ट्रद्रोहमा जोडिएको मुद्दामा काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको काम नेपाल सरकार र नेपाल प्रहरीको सहयोगमा भएको छ उक्त काम प्रशंसनीय रहेको भन्दै घटनाका दोषीहरुले बयानका क्रममा पूर्व प्रधानमन्त्री ,बहाल वाला प्रहरी प्रमुख देखि हालका अख्तियार प्रमुख सम्मको नाम किटान गरेको खबर आइरहेको र ती व्यक्तिहरुमाथि छानबिन वा सामान्य सोधपुछसम्म नगरिएको घटनाले यो प्रकरणमा अहिलेका मुल पार्टीका नेतृत्वहरु ,कर्मचारीका माथिल्लो तह र बिचौलियाहरुको स्पष्ट संलग्नलाई नकार्न नसकिदैन।यो देशमा नागरिकले शंका गरेजस्तो ठुला दलहरू मिलेर घटना थामथुम पार्ने प्रपंन्च भैरहेको गरिएको हो।’

यदि घटनालाई थामथुम पार्न खोजे बिगतमा अखिल (क्रान्तिकारी)ले भ्रष्ट Ncell कम्पनी, चुडामणि शर्मा ,वाइडवडी काण्ड ,भ्रष्ट तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध गरेको जस्तो जनकारबाही गर्न बाध्य हुने वक्तव्य मार्फत संगठनले चेतावनी समेत दिएको छ।

यस्तो छ, वक्तव्यको पूर्णपाठ ः
हाम्रो संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना काल देखि नै राष्ट्र,राष्ट्रीयता ,जनजीविका,शैक्षिक अधिकारको पक्षमा र भ्रष्टाचार कुशासन विरुद्ध संघर्ष गर्दै आएको सर्वविधितै छ।

यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली युवाहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पुर्व उपप्रधान तथा गृहमन्त्री, पुर्व उप प्रधानमन्त्री, गृह सचिव, विचौलियाहरु, नेताका आफन्त लगाएत ३० जनाको ठुलो गिरोह भ्रष्टाचार तथा राष्ट्रद्रोहमा जोडिएको मुद्धामा काठमाडौं जिल्ला अदलतमा मुद्धा दायर गरिएको छ । जुन नेपाल सरकारले नेपाल प्रहरीको सहयोगमा गरेको प्रशंसनिय काम हो तर घटनाका दोषीहरुले बयानमा पुर्व प्रधानमन्त्री, बहालवाला प्रहरी प्रमुख देखि हालका अख्तियार प्रमुख सम्मको नाम किटान गरेका खबरहरु बाहिर आईरहेका छन ।

ति व्यक्तिहरु माथी छानविन वा सामान्य सोधपुछ सम्म नगरिएको घटनाले यो नक्कली सरणार्थी प्रकरणमा अहिलेका मुल पार्टीका प्रमुख, कर्मचारीका माथिल्लो तह र विचौलियाहरुको स्पष्ट संलग्नता लाई नकार्न सकिदैन । यो घटनामा अहिले जनमानसले शंका गरे जस्तो ठुला दलहरु मिलेर घटना थामथुम पार्ने प्रपन्च गरिएको हो भने हाम्रो संगठनले विगतमा भ्रष्ट Ncell कम्पनी, चुडामणी शर्मा, वाईडबडी काण्ड र भ्रष्ट तत्कालिन अख्तियार प्रमुख लोकमान सिहँ कार्की विरुद्ध गरेको कारवाही जसरी नै नेपाली जनताको अभिमत अनुसार कारवाही गर्न बाध्य हुने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौँ ।

सरकारी वकिलको कार्यालय र काठमाडौं जिल्ला अदालतले दोषीलाई हदै सम्मको सजाय गर्न र नेपाल सरकारले अनुसन्धानको क्रममा नाम जोडिएकाहरुलाई छानविनको दायरामा ल्याएर सत्यतथ्य बाहिर सार्वजनिक गरोस भन्ने माग यसै विज्ञप्ति मार्फत राख्दछौं । साथै भ्रष्ट दलाल संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचारका यस्ता काण्डहरु दोहोरी रहेने भएकाले नयाँ राज्य व्यवस्था वैज्ञानिक समाजवादका लागि एकजुट भई संघर्ष गर्न अपिल गर्दछौँ ।

Facebook Comments