• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानको कालिमाटीमा न्यायीक संवाद सुरु, न्यायमा पहुँच अभिवृद्धिको लक्ष्य




सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा न्यायीक संवाद कार्यक्रम सुरु भएको छ । बुधबार वडा नम्बर ७ स्थित घुइयाबारीबाट कार्यक्रम सुरु भएको हो । न्यायमा पहुँच अभिबृद्धी गर्ने तथा न्यायीक समितिको प्रभावकारिता बढाउने उदेश्यले गाउँपालिकाको आयोजनामा सबै वडामा कार्यक्रम संचालन गरिने भएको हो ।

बुधबारको कार्यक्रममा संविधान र न्यायीक समिति, न्यायीक समितिको अधिकार क्षेत्र, न्याय सम्पादनमा अपनाउनुपर्ने कार्यविधि लगायतका विषयमा अभिमुखिकरण गरिएको थियो । अधिवक्ता इन्द्र भण्डारीले न्यायीक संवाद कार्यक्रममा कानुनी बिषयमा जानकारी संगै सहभागिका विभिन्न जिज्ञासामाथी प्रष्ट्याएका थिए । आफुहरुको समेत क्षमता अभिवृद्धि हुनेगरी संचालन भएको न्यायीक संवाद कार्यक्रमले विश्वसनिय तरिकाले छरितो माध्यमबाट विवाद निरुपण गर्न र न्यायको पहुँचबाट टाढा रहेका नागरिकहरुलाइ सहयोग पुग्ने न्यायीक समितिका सदस्य इन्द्र बहादुर वलीले बताए ।

कालिमाटी ७ का वडा अध्यक्ष मित्रलाल रिजालले न्यायीक संवाद मार्फत विविध विषयमा जानकारी प्रदान गरिएको भन्दै यसले कम खर्चिलो र कम झंजटिलो एवम मेलमिलापको प्रक्रियाबाट विवाद निरुपणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

न्यायीक संवाद कार्यक्रमबाट अभिमुखिकरण तथा प्रत्येक्ष संवाद, अन्तरक्रियाले गाउँपालिकाको न्याय सम्पादन प्रक्रियामा थप सुधार, यसको प्रभावकारिता, निष्पक्षता र छिटोछरितो कार्यसम्पादनमा टेवा पुग्ने न्यायीक समितिको अपेक्षा छ । नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा सहभागिहरुले कस्ता कस्ता विवादमा न्यायीक समितिमा उजुरि दिन सकिन्छ, उजुरी दिने प्रक्रिया के हो भन्ने विषयमा प्रश्न र जिज्ञासा राखेका थिए । साथै निष्पक्ष, छिटोछरितो न्यायको अपेक्षा राख्दै आवश्यक सुझावहरु पनि दिएका थिए ।

कार्यक्रममा कालिमाटी गाउँपालिकाको न्यायीक शाखामा कार्यरत कर्मचारी विजय कुमार वलीले न्यायीक समितिको हाल सम्मको अवस्थाको बारेमा जानकारी गराएका थिए । घुइयाबारीमा सम्पन्न कार्यक्रममा कालिमाटी ७ का वडा सदस्यहरु बिर्ख बहादुर राना, गोविन्द रोका मगर, केवली वली, नेपा कुमारी बिक, वडा सचिव कर सिंह राना, वरिष्ठ प्रहरी हवल्दार भिम बहादुर शाही लगायत स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments