• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेविसंघ दाङले गणतन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्दै 




दाङ /नेपाल विद्यार्थी संघ दाङले क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । नेवि संघले यही आउँदो जेष्ठ १५ गते नेपाली जनताको त्याग तपस्याबाट प्राप्त १६औं गणतन्त्र दिवसको अवसरमा महेन्द्र बहुमुखी क्याम्पस घोराहीको प्राङ्गणमा क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्न लागिएको हो ।
हाजिरी जबाफ प्रतियोगितामा प्रथम हुनेलाई रु. ७५ सय ७५ द्वितीय हुनेलाई रु.४५ सय ४५ र तृतीय हुनेलाई रु. २५ सय २५ पुरस्कार रहेको नेपाल विद्यार्थी संघ दाङ अध्यक्ष कुलराज पोख्रेलले बताउनु भयो ।
हाजिर जवाफ प्रतियोगिताका दाङ जिल्लाका क्याम्पसहरुले सहभागि हुन पाउने छन् र एउटा क्याम्पस बाट  १ जना छात्र, १ जना छात्रा अनिवार्य हुनु पर्ने छ ।  साथै, हाजिरी जवाफ प्रतियोगितामा भाग लिन चाहने क्याम्पसले ९८५७८३२७५२ मा सम्पर्क गरि आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
Facebook Comments