• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा सरसफाई सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम




कमल खड्का
होलेरी । पूर्ण सरसफाईका लागि सरसफाई सहजकर्ताहरुको प्रशिक्षक प्रशिक्षण तालिम रोल्पाको होलेरीमा सम्पन्न भएको छ । जेठ ७ गते आइतबारबाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।

रुन्टीगढी गाउँपालिका रोल्पाको आयोजनमा भएको तालिमको प्रशिक्षकमा वास रोल्पाका फोकल पर्सन भोला नाथ आचार्य र दामोदर प्रसाद आचार्य रहनु भएको थियो ।

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम ४ दिन सम्म सञ्चालन भएको हो । तालिममा प्रत्येक ९ वटा वडाबाट दुई-दुई जना गरेर १८ जना सरसफाई सहजकर्ताहरको सहभागीता रहेको थियो ।

तालिमाको समापन रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गर्नु भएको थियो भने सहजीकरण गाउँपालिका फोकल पर्सन धुब्र प्रकास मल्ले गर्नु भएको हो ।

Facebook Comments