• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पूर्वमा दलित सम्बन्धी जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम




निराजन सिर्पाली / रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रिदहमा दलित सम्बन्धी जागरण सञ्चालक समितिको आयोजना तथा सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा दलित सम्बन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ ।

विषेश गरि उक्त कार्यक्रम दलितसमुदायको चेतना स्तर बढाउन र पछिल्लो समयमा दलित समुदायहरु प्रति समाजको हेर्ने दृष्टिकोण के छ र कसरी सबै दलितको हक हितका लागि मात्रै नभई अब सबै एकै ठाउँमा आई दलितको साझा मुद्दा केहो रु भन्ने बारेमा रिपोर्टिङ ,बहस तथा छलफल गरिएको हो ।

रिपोर्टिङ कार्यक्रममा सहभागीहरुले गाउँ स्तर देखिनै अब सिमित दलित कोठा राज्यले दिएको र सक्षम तथा केही गर्न सक्ने दलित अगुवा र जुनसुकै ठाउँमा पनि जस्तै राजनीतिक दलमा पनि चुनाव आउदा जित्ने आधार हुदाहुदै दलितहरुलाई समानुपातिक छत भन्ने , दलित महिला सदस्य छनि हजुरहरुको भन्ने जस्ता विभेद सबै ठाउँ तथा राजनिती दलमा ठुलो समस्या को रुपमा रहेकाले अब दलित कोठा र दलित शब्द लाई राज्यले हटाउनुपर्ने आवाज गाउँ तथा बस्तीहरु बाट उठाउनु पर्ने माग जोरदार रुपमा उठेको छ ।

उक्त जागरण कार्यक्रमका प्रमुख प्रशिक्षक उपेन्द्रलाल कामीले दलित अब भौतिक रुपमा र बैचारिक रुपमा जाग्नु पर्ने बताउनुभएको छ । उहाँले कुनै पनि व्यक्ति सक्षम तथा जागुरुप हुनका लागि व्यक्तिको काम र व्यबहार नै मुख्य कारण रहेकाले यस्ता कुराहरुलाई विषेश ध्यान दिनुपर्ने बताउनुभएको हो । साथै उहाँले कुनै पनि कार्यक्रममा जानु अघि भत्ता छकी छैन बनेर सोधने बानी आफैलाई कम्जोर बनाउने पक्ष रहेको र यस्ता जागुरुप तथा प्रशिक्षणनात्मक कार्यक्रमले धेरैकुराहरु सिक्न सकिने अनि हरेक कुराहरुको चासो राख्न र खबरदारी का साथै अधिकार खोज्न सकिने बताउनुभएको छ ।

उहाँका अनुसार पछिल्लो समयमा दलितहरुले जात फेर्ने क्रम बढ्दो रहेको मा आफ्नो आपत्ति रहेको बताउनुभएको छ यो राष्ट्रिय बहस भएकाले त्यत्तिकै जात फेर्दै मा समस्याको समाधान नहुने पनि तर्क गर्नुभएको छ।

सोहि कुरा लाई जोड दिदै दलित उत्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हर्कबिर कामीले जात फेर्दैमा हामी लाई गर्ने व्यवहार तथा दैनिकी चालचलनमा कुनै छुट्टै परिवर्तन नहुने बताउनुभएको छ । उहाँका अनुसार यो मुद्दामा केही विषयहरु गहिरो अध्ययन तथा छलफल र बहस बाट जनुपर्ने भएकाले सबैको राय सुझाव सहित अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

दलित सम्बन्धि जागरण सञ्चालक समितिका अध्यक्ष वलबहादुर नेपालीको अध्यक्षतामा सुरु भएको कार्यक्रम मा सिस्ने गाउँकार्यपालिका सदस्य थलबिर सार्की को प्रमुख आतिथ्यता रहेको थियो । विषेश अतिथिमा सिस्ने गाउँकार्यपालिका सदस्य सुर्य नेपाली , बिशेष अतिथि तथा प्रमुख प्रशिक्षक उपेन्द्रलाल कामी , अतिथिमा दलित उत्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हर्कबिर कामी निर्वाचित वडा सदस्यहरु लगायत दलित अगुहरुको उपस्थिति रहेको कार्यक्रम को सञ्चालन पत्रकार विक्रम परियारले गर्नुभएको थियो ।

Facebook Comments