• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा (एकीकृत समाजवादी) दाङमा जिम्मेवारी बाडफाड




दाङ। नेकपा (एकीकृत समाजवादी) दाङको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष भुपबहादुर केसीको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य तथा दाङ सह इन्चार्ज अनारकली मियाको प्रमुख आतिथ्यतामा बसेको कार्यालय बैठकले विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ ।

बैठकले पार्टी प्रचार विभाग प्रमुखमा उपसचिव सूर्य बिसीलाई जिम्मेवारी दिएको छ भने मोर्चा विभाग प्रमुखमा उपसचिव प्रेम बुढा मगरलाई तोकेको छ ।

त्यसैगरि जिल्ला उपाध्यक्षमा दामोदर लामिछाने र उप सचिवमा रबिलाल बस्नेतलाई मनोनित गर्ने निर्णय गरेको छ । यसैगरि कार्यालयमा ससमती चौधरी, हरिकला बाँठा मगर र भिमबहादुर सार्कीलाई मनोनित गरेको छ ।

जिल्ला सचिवालय सदस्य एवं घोराही उपमहानगरपालिका –१३ का इन्चार्ज स्व। तिलक बुढाको निधनप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

Facebook Comments