• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा लागू औषध नियन्त्रण सम्बन्धी योजना तर्जुमा गोष्ठी




घोराही/ घोराही उपमहानगरपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि लागु औषध नियन्त्रण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा लागु औषध नियन्त्रणका बिषयमा सरोकारवालाहरुसँग छलफल र समिति गठन गरिएको छ । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाको आयोजना तथा निणर्य पुर्नस्थापना केन्द्र घोराही १७ को सहकार्यमा कार्यक्रम गरिएको थियो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा नगर स्तरीय र वडामा वडा अध्यक्षको अध्यक्षतामा लागु औषध नियन्त्रण समिति गठन गरिएको छ । लागु औषध दुव्र्यशन चुनौतीपूणर् बन्दै गएकाले यसको नियन्त्रणका लागि स्थानिय सरकार योजना बनाएरै लाग्न आवश्यक रहेको नगरप्रमुख चौधरीले बताउनु भएको थियो ।

विद्यालय शिक्षा र टोल विकास संस्थाहरु मार्फत सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिने गरि कार्य योजना बनाएर अघि बढ्ने निणर्य भएको छ । नगर प्रमुख चौधरीको अध्यक्षता तथा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लागु औधष दुव्र्यशन नियन्त्रणका बारेमा निणर्य पुर्नस्थापना केन्द्रका परामर्शदाता विष्णु वलीले अभिमुखीकरण गर्नुभएको थियो ।

उपमहानगरका उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी नायव निरिक्षक तुलबहादुर विकले स्थानिय सरकारले लागु औषध नियन्त्रणलाई निति तथा कार्यक्रममा समावेश गरी बजेट व्यवस्थापन गरेरै लाग्नु पर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ॥

Facebook Comments