• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्सांकन सुरु




प्रकाश चौधरी
तुलसीपुर ९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्सांकनको कार्य सुरु भएको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वय र उपमहानगरको आयोजनामा आज मंगलवार एक कार्यक्रमको आयोजना गरी वडा नं। ६ वाट नाप नक्सांकनको कार्य सुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले टोटल स्टेसन हेरेर उद्घाटन गर्नुभएको थियो । भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँचको कार्य अगाडी बढाइने पालिकाले जनाएको छ ।No description available.

उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले पालिकाभित्र अहिले २३ हजा ३ सय २६ जनाको तथ्याङक रहेको बताउदै नापी टोलीलाई वडा सहजीकरण समिति लगायत आम जनताले सहयोग गर्नुपर्ने र विचौलियावाट बच्न समेत आग्रह गर्नुभयो । साथै उहाँले नापजाँचको कार्यलाई निरन्तर रुपमा अगाडी बढाउन र आवश्यक सहयोग पालिकाले गर्ने समेत जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै आयोगका अध्यक्ष लेखराज सिंहले निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकामा नापजाँचको कार्य अगाडी बढेको बताउनुभयो । छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पु¥याउने गरी आयोग अगाडी बढेको बताउदै ृउहाँले–अव सवै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकोले जग्गाको वर्गीकरण देखी सार्वजनिक जग्गाको संरक्षणको जिम्मा समेत पालिकालाई रहेको बताउनुभयो ।
पालिकामा लगत प्रविष्टीकरणका कार्यमा ढिलाई भएका कारण नापनक्सांकनको कार्यमा ढिलाई भएको बताउदै कार्यान्वयनमा समस्या भएको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्य कमला जिसी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।No description available.

नापी टोलीका सर्भेक्षक अक्षय कुमार चन्दको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण भूमि सेवा केन्द्रका प्रमुख माधव पौडेलले गर्नुभएको थियो । हाल जिल्लाभर ७६ हजार ३ सय ७ जनाको निवेदन रहेको छ ।

Facebook Comments