• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा जलवायु अनुकूलन सम्बन्धी लैङ्गिक समानता र सामुदायिक सहभागिता कार्यक्रम




कमल खड्का
 रोल्पा । समुन्नति परियोजनाद्वारा जलवायु अनुकुलन कृषि सम्बन्धी कार्यक्रम रोल्पाको होलेरीमा सम्पन्न भएको छ । लैङगिक तथा महिलामैत्री योजना तर्जुमा नीति निर्माण र स्रोतमा पहुँच विषयकमा कार्यक्रम भएको हो । स्थानीयतहका जनप्रतिनिधि कर्मचारी सरोकारवाला तथा स्थानीय कृषि समुहको बीचमा एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
यूके एडको आर्थिक सहयोग, रुन्टीगढी गाउँपालिका कृषक समुहको समन्वय प्राक्टिकल एक्सन नेपाल विकास सरोकार समाज डिकोस रोल्पाको सहजिकरणमा भएको हो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा लैङगीक समान्ता र सामुदायिक सहभागीताको बारेमा जानकारी तथा छलफल भएको थियो । लैङगीक तथा महिलामैत्री योजना तर्जुमा र बजेट बिनियोजनमा लैङगीक तथा महिलाहरुको पहुच स्थापित गराउने उदेश्यका साथ कार्यक्रम भएको हो । स्थानीय तहमा यस बारे निति निर्माण भएको छ या छैन भएको भए कार्यन्वनको विषयमा लागु गर्न र निति निर्माण नभएको भए बनाउन पहल गर्ने विषयमा छलफल भएको थियो । यसैगरि स्थानीय तहमा बस्ती स्तरको योजना छनोट कार्यक्रम हुन लागेको हुदा  लै स सा स मैत्रीकार्यक्रम र उतरदायि बजेत बिनियोजनका बारेमा छलफल भएको थियो ।
 कार्यक्रममा लै स सा स अधिकृत दिल कुमारी बुढाले विषय बस्तुमाथि छलफल पार्नु भएको थियो भने सहजिकरण सामाजिक परिचालक यादव गिरीले गर्नु भएको थियो । कार्यक्रम रुन्टीगढी गाउँपालिका सभाहलमा सम्पन्न भएको हो ।
Facebook Comments