• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने




घोराहीमा आगामी जेष्ठ १८ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा घोराही उप–महानगरपालिकाको आर्थिक सहयोगमा  मिति २०८०/०२/ १८ गते देखि घोराहीको  घोराही क्रिकेट रंगशालामा  “घोराही उप–महानगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगिता” हुने भएको छ  ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीका लागि जेठ १५ गते सम्म टिम दर्ता को समय रहेको छ त्यासका लागि वडा लाई पत्रचार गरिेने आयोजकले  जनाएको छ । प्रतियोगिताको बिजेत टीमले ३० हजार र उप विजेता टिमले २०  हजार  पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सहभागिहुन यस प्रकारका नियम पालना गर्नु पर्नेछ 

वडाले दर्ता गर्न आउदा आफ्नो लेटरप्याडमा १४ खेलाडी र १ प्रशिक्षक, १ ब्यबस्थापकको नागरिक्ताको फोटोकपि सहित पेस गर्नु पर्ने छ ।   वडाको टिम दर्ता रकम रु  ५  हजार लाग्ने छ ।  वडाको टिमले आफ्नो वडाको रंगिन ड्रेस अनिबार्य बनाउनु पर्ने छ ।  वडाले टिम निर्माण गर्दा  आफ्नो वडाको ९ जना खेलाडी अनिबार्य  र वडाको  आबस्यकता अनुसार  दाङ जिल्ला भित्रका  बढीमा ५  जना वडा बाहिरका खेलाडीहरु समाबेस गर्न सक्ने छ ।   अन्य जिल्लाको नागरिकता भएको र दाङ जिल्ला क्रिकेट संघमा आबद्ध खेलाडी कुनै पनि वडाको  टिममा सहभागी हुन सक्ने छ ।

टिमले खेल सामग्री, खाने बस्ने र भाडा स्वयम ब्यबस्था गर्नु पर्ने छ ।  तोकिएको समयमा दर्ता नहुने टिम लाई प्रतियोगितामा सहभागी पाउने छैन ।
Facebook Comments