घोराहीमा आगामी जेष्ठ १८ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा घोराही उप–महानगरपालिकाको आर्थिक सहयोगमा मिति २०८०/०२/ १८ गते देखि घोराहीको घोराही क्रिकेट रंगशालामा “घोराही उप–महानगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगिता” हुने भएको छ ।
दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागीका लागि जेठ १५ गते सम्म टिम दर्ता को समय रहेको छ त्यासका लागि वडा लाई पत्रचार गरिेने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेत टीमले ३० हजार र उप विजेता टिमले २० हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा सहभागिहुन यस प्रकारका नियम पालना गर्नु पर्नेछ
वडाले दर्ता गर्न आउदा आफ्नो लेटरप्याडमा १४ खेलाडी र १ प्रशिक्षक, १ ब्यबस्थापकको नागरिक्ताको फोटोकपि सहित पेस गर्नु पर्ने छ । वडाको टिम दर्ता रकम रु ५ हजार लाग्ने छ । वडाको टिमले आफ्नो वडाको रंगिन ड्रेस अनिबार्य बनाउनु पर्ने छ । वडाले टिम निर्माण गर्दा आफ्नो वडाको ९ जना खेलाडी अनिबार्य र वडाको आबस्यकता अनुसार दाङ जिल्ला भित्रका बढीमा ५ जना वडा बाहिरका खेलाडीहरु समाबेस गर्न सक्ने छ । अन्य जिल्लाको नागरिकता भएको र दाङ जिल्ला क्रिकेट संघमा आबद्ध खेलाडी कुनै पनि वडाको टिममा सहभागी हुन सक्ने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।