• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ गौतम पक्राउ




देउखुरी। देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् ।

गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतवार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार गौतमलाई आवश्यक कार्वाहीको लागि मुद्दा दर्ता गरि म्यात थपको लागि अदालत ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक तथा संचालक समितिका कोषाध्यक्ष हुन् ।।

Facebook Comments