• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शरणार्थी काण्ड




✍️ अचेल बजार हल्ला देखेर                           नौलो लाग्दैन मलाई
जे रोपिएको छ त्यही फल्ने न हो
बीष रोपेको बारीमा
अमृत कहाँ फल्छ र मोहदय
यती कान्ड , बतास कान्ड,ओम्नी कान्ड,
ह्वाइट्वडी कान्ड , ३२ किलो सुन कान्ड,बालुवाटार जग्गा काण्ड
कान्डै कान्ड रोपिएका छ्न यहाँ
सि सि क्यामराको तारा काटने मुसा
यतै छोपिएका छन यहाँ
थपियो भुटानी शरणार्थी कान्ड
त्यसैले अचेल मलाई
बजार हल्ला नौलो लाग्दैन
न्याय र भ्रष्टाचारको विरुद्ध  लडने
प्रकाण्ड , बिरजङ्ग लगाएतका योद्धाहरु
र देशका गहना सन्दीप, रेशमहरुका
हातमा हत्कडी खुट्टामा नेल भिराइन्छ
मानव तस्कर भ्रष्टाचारिहरुलाई
ससुराली गएजसरी
सोफामा राखेर मेजमानी खुवाइन्छ
त्यसैले मलाई अचेल
बजार हल्ला नौलो लाग्दैन
जनताहरु भेडानै हुन जसरी
हात्ती आयो हात्ती आयो फुस्सा बनाइन्छ
त्यसैले मलाई अचेल
बजार हल्ला नौलो लाग्दैन
यस्ता नाटक मन्चन
पटक पटक भै रहन्छ यहाँ
यस्मा ताली पिटेर समय
नखर्चौ मोहोदय
बरु देश बदल्ने सल्लाह गरौ
एकपटक आधी चलाउनु पर्छ
तुफान जगाउनु पर्छ
फेददेखी टुप्पा सम्म
भ्रष्टहरुको अखडामा
आगो लगाउनु पर्छ
हामी सबै नेपाली एक भएर
देश बदल्नु  पर्छ
अमृत रोपेपछी अमृत नै फल्छ
अमृत फलाउनै पर्छ ।

लेखक  सम्झना सी नेपाल कम्युनिस्टको पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाको इन्चार्ज हुनुहुन्छ ।

Facebook Comments