• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यावसायिक भाडा घटाउन घरधनीलाई नारायणपुर उवासंघकाे अनुराेध




नायणपुर, ६ जेठ ।नारायणपुर उद्योग वाणिज्य संघले व्यावसायिक घरभाडा घटाउन घरधनीलाई अनुराेध गरेकाे छ ।

आज शनिबार बसेकाे संघकाे बैठकले आर्थिक मन्दीले व्यापार व्यवसायमा ह्रास आएका कारण असहज अवस्था रहँदासम्म आफूले सक्दाे भाडादर घटाइदिन घरधनीलाई अनुराेध गरेकाे हाे ।

पछिल्लो चरणमा व्यापारमा देखिएकाे मन्दी तथा व्यवसायीहरू पलायन हुने अवस्था देखिएका कारण व्यावसायिक सहज परिस्थिति आउँदासम्म घरभाडा घटाइदिन संघकाे बैठकले अनुराेध गरेकाे हाे ।

बैठकले यही जेठ २७ गते शनिबारका दिन संघकाे १९ ओैँ साधारणसभा गर्ने निर्णय गरेकाे छ ।

साथै जेठ १४ गतेदेखि २९ गतेसम्म संघकाे आयाेजनामा सञ्चालित ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ लाई सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा बैठकले धन्यवाद ज्ञापन गरेकाे छ ।
बैठक संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा बसेकाे थियाे ।

Facebook Comments