दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका स्थित श्री त्रिदेव बोर्डिङ स्कूलमा कक्षा १ देखि १० सम्मका ६२० विद्यार्थी मध्ये निर्वाचन मार्फत ३ जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् ।
विद्यालयले बालबालिकाको नेतृत्व विकासका लागि विभिन्न सदन विभाजन, क्लब विभाजन तथा कक्षाकोठाभित्र विद्यार्थीले निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाका आधारमा नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।
विभिन्न कक्षाका क्याप्टेन पदका लागि इच्छुक विद्यार्थीमध्येबाट मतदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक बिमल शर्माले बताए । यसो गर्दा विद्यार्थीमा आत्मविस्वास बढ्ने तथा नेतृत्व क्षमताको विकास हुने उनले बताएका छन् ।
“यति साना उमेरका विद्यार्थीले एक छिन जानकारी दिएकै भरमा चुनावमा सहभागी हुन सक्ने रहेछन भन्ने त मैले सोचेकै थिएन” विद्यार्थीको चुनाव सहजीकरण गरेका मतदान अधिकृत शिक्षक खुमराज न्यौपानेले बताए “ आफूलाई मन परेको उम्मेदवारलाई मत पेटिकामा छाप हालेर भोट दिंदै गर्दा यी विद्यार्थीले भोलि देशमा सही नेता छान्न सक्ने रहेछन भन्ने विश्वास पलाएको छ ।
“पोहोर साल आमासंग चुनावमा जाँदा आमाले भित्र छिर्न दिनुभएको थिएन, तर आज त आफैंले भोट दिएर आएँ” मतपत्र खसालेर दंग पर्दै बाहिर निस्किएका कक्षा तिनमामा अध्ययनरत छात्रा सत्बिक रिजालले बताए– “अब घर गएर मैले पनि भोट दिएको कुरा सबैभन्दा आमालाई सुनाउन मन छ ।
निर्वाचित विद्यार्थीलाई खादा र अबीर लगाएर जिम्मेवारी हस्तान्तरण गरिएको विद्यालयका साहयक प्रधानाध्यापक शर्माले बताए । कक्षा दशबाट अनिसा डाँगी २७ मत सहित क्याप्टेनमा निर्वाचित भएकी छिन र कक्षा ८ बाट किरण केसी भाइस क्याप्टेनमा निर्वाचित भएका छन् र सचिबमा युना श्रेष्ठ ७१ मतले बिजय भयकि छिन्।
विद्यालयले यससंगै क्रियाकलापमा आधारित सिकाइ क्रियाकलाप, रुपान्तरणमुखी सिकाइ कार्यक्रम लगायत संचालन गर्दै आएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।