• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपाध्यक्ष जिसीद्वारा विभिन्न योजनाको अनुगमन




बंगलाचुली । बंगलाचुली गाउँपालिका विकास योजनाको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भक्त बहादुर जिसीले स्थलगत अनुगमन गर्नुभएको छ । आर्थिको वर्षको अवधि सकिदै गर्दा पालिकाभित्र रहेको विभिन्न योजनाहरु सम्पन्न भए/नभएको अवस्था बुझ्न अनुमगन समितिका संयोजक जिसीसहितको टोली फिल्डमा पुगेको हो ।

पालिकाभित्र पर्ने घोरदौरा मर्पेश सडक, महेन्द्र मावि स्युजामा बन्दै गरेको छात्रावास भवन, उजा लिफ्ट खानेपानी योजना निर्माणका सामाग्री, उजा बागेश्वरी मन्दिर दर्शनार्थी आवास भवन लगायत योजनाहरुको स्थलगत अबलोकन गरि उपाध्यक्ष जिसीले योजना अनुसार काम गर्न निर्देशन दिनु भयको छ । साथै बंगलाचुली–१ मा आगलागी भएर नस्ट भएको २ घर को क्षतिको विवरण संकलन समेत गरेका छन् ।

बंगलाचुली गाउँपालिका अनुगमन समितिको संयोजक भक्त बहादुर जिसी, सदस्य रमाकुमारी पुन, लेखा प्रमुख नारायण प्रसाद शर्मा, प्राबिधिक शक्ति बस्नेत र सूचना अधिकृत सतन पाण्डे लगायतले योजनाहरुको स्थलगत अनुगमन गर्नुभयको थियो ।

Facebook Comments