देउखुरी । दाङको देउखुरीमा दुई बस एक आपसमा ठोक्किदा दुर्घटनामा परेका छन् ।
आज शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन् । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् ।
लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्ज बाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा दुबै बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।
घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।