कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ को सइ खोलामा पुल निर्माण भएको छ । वर्षौ देखि वडा कार्यालय जोड्ने सडक बाटो बिचमा पर्ने खोलामा पुल नहुदा वर्षातको समयमा समस्या हुँदै आएको थियो । उक्त बाटोमा पुल नहुदा स्थानीयहरुले लामो समयदेखि यात्रा गर्नू पर्ने बाध्यता रहेको थियो ।
वडा नं १ का स्थानीय वासी लापल लगाएत आसपासका नागरिकलाई वडा कार्यालय सम्म पुग्न समस्या हुने गरेकोमा पुल बनेपछि भने सहज हुने भएको छ । त्यसैगरी रोल्पा नगरपालिका ५ का स्थानीय समेत दाङ जाने छोटो बाटो भएको हुनाले वर्षमा समस्या हुने गरेको थियो ।
त्यही समस्यालाई मध्यनजर गरेर रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र वडा नं १ का अध्यक्ष थम बहादुर घर्तीको पहलमा पुल निर्माण भएको हो । रुन्टीगढी गाउँपालिका होलेरी रोल्पा र वडा नं १ लिवाङ्गी आँप र सडक पूर्वाधार बिकास कार्यालय रोल्पा समन्वयमा पुल निर्माण गरिएको हो ।
लिवाङ सल्लीबोट उघा धौलाबाङ सडक आयोजनाको सइ खोलामा पुल नहुदा बर्षौ देखि समस्या हुदै आएको थियो । २०७९ माघ १२ गते निर्माण कार्य सम्झौता भएको काम २०८० बैसाख ३० गते सम्पन्न भएको थियो । कुल ३८ लाख २३ हजार ७० रुपैया २१ पैसामा सम्झौता भएको पुल निर्माण कार्य ठेक्का ओम गमाल कन्स्ट्रक्सन कम्पनी सुनिल स्मृतिले लिएको थियो । पुल निर्माण कार्य भइसकेपछि पुलबाटै आवागमन सुचारु भइ सकेको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।